×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्ड रोक्ने बाबुराम खसखस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रचण्ड रोक्ने बाबुराम खसखस

Artha Sarokar

१८ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक जमाना यस्तो थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन माओवादी नेता (हाल नयाँ शक्तिका संयोजक) बाबुराम भट्टराईबीचको सल्लाहविना कुनै निर्णय नै हुँदैनथ्यो ।
प्रचण्डलाई हरेक समस्यामा साथ दिने र बाबुरामलाई त्यसरी नै साथ जुटाउने प्रचण्ड–बाबुरामबीचको सम्बन्ध अहिले सोचेभन्दा फरक छ । अहिले बाबुरामले सके प्रचण्ड सिध्याउने र प्रचण्डले सके बाबुराम सिध्याउने खेलमा उनीहरू लागि परेका छन् । 
बाबुरामले तत्कालीन एमाओवादी परित्याग गरी माओवादीविरुद्ध अभिव्यक्ति दिन थालेपछि त्यसको प्रतिक्रिया स्वरूप प्रचण्डले पनि बाबुराम विरुद्धको अभिव्यक्ति दिन थालेका थिए । तर, पछिल्लो समय बाबुरामले आफ्नो पूर्वसहयात्री प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न प्रयास गरेको खुलेको छ । 
उच्च स्रोतका अनुसार प्रचण्डलाई प्रधानमन्त्री हुन नदिन बाबुरामले अन्तिम समयसम्म प्रयास गरेका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारबाट माओवादीले समर्थन फिर्ता लिएलगत्तै कांग्रेससँगको समझदारीअनुसार प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भएपछि बाबुरामले भारतीय शीर्ष नेतासँग कुरा गरेका थिए । 
माओवादीमा रहँदा नै भारतसँग राम्रो सम्बन्ध बनाएका बाबुरामले प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म समेत विशेष सूत्रमार्फत आग्रह गरेको स्रोतको दाबी छ । माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले संयोजक बाबुरामलाई बोलाएर कुराकानीसमेत गरेका थिए । 
कुराकानीका क्रममा बाबुरामले आफूले सकेसम्म प्रचण्डलाई प्रधानमन्त्री बन्नबाट रोक्ने वचन दिएका थिए । 
स्रोतका अनुसार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्ने बाबुरामको योजना थियो । उनको योजनाअनुसार एमालेले पौडेललाई प्रस्ताव गरेका थिए । 
भारतीय अधिकारीले बाबुरामको कुरा नसुनेपछि प्रचण्डलाई रोक्ने बाबुरामको योजना विफल भएको हो । बाबुरामले भारतीय अधिकारीसँग आफूलाई रोक्न कुरा गरेको विषयबारे प्रचण्डलाई समेत जानकारी थियो । बाबुराम सचिवालयले भने बाबुराम प्रचण्डलाई रोक्ने या अरू कसैलाई प्रधानमन्त्री बनाउने दाउमा नरहेको जनायो । – आजको जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी