
काठमाडौं – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुपमा माक्र्सवादी,सारमा चाहिँ भाग्यवादी हुन ? विहिवार अपरान्ह शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ खाँदै गर्दा ‘ईश्वरको नाममा’उच्चारण नगरी कम्युनिष्ट देखिन खोजेका प्रधानमन्त्री प्रचण्ड पछिल्लो समय ज्योतिषहरुको सल्लाह बमोजिम चलिरहेको रहस्य फेला परेको छ ।
पहिलो उदाहरण:
संसद सचिवालयले प्रधानमन्त्री पदका लागि उम्मेद्धारी दर्ताको सूची विहान ११ बजे देखि अपरान्ह तीन बजे भित्र तोकेको भएपनि ज्योतिषको सल्लाहमा प्रचण्डले बिहान एघार बज्नुभन्दा पाँच मिनेट अगाडि नै उम्मेद्धारी दर्ता गराएका थिए ।
दोस्रो उदाहरण:
प्रधानमन्त्री निर्वाचित भएसँगै बालुवाटार सर्दा समेत ज्योतिषीकै सर सल्लाह अनुसार सरेको रहस्य खुलेको छ ।
प्रधानमन्त्री निर्वाचित भएसँगै बालुवाटार सर्दा समेत ज्योतिषीकै सर सल्लाह अनुसार सरेको रहस्य खुलेको छ ।
वालुवाटार सर्नका लागि ज्योतिषीले अपरान्ह २ बजेर ४१ मिनेट पछाडिको समय उपयुक्त रहेकोबताएसँगै प्रचण्ड ३ बजे ३ नम्बरकै गेटबाट वालुवाटार प्रवेश गरेका छन ।
देखाउने र चपाउने दाँत फरक :
जनयुद्द कालमा माओवादीले “धर्म अफिम हो” भन्दै मन्दिरहरु तोडफोड गरेका थिए । पूजारीहरु लखेट्थे । मन्दिरका जमिन कब्जा गर्थे । उनीहरु धर्मले मानिसलाई बिगार्छ भन्दै भरमार बिरोध गर्थे ।
भैसी पूजा र बोलबम
कुनै समय सुनसरीको चतरा पुगेर भैसी पूजा गरेको खबर भाइरल भएको थियो । उसो त रातीराती प्रचण्डले कालीबाबालाई भेट्ने गरेको खबरहरु पनि बाहिरिएकै हो । प्रधानमन्त्री निर्वाचित हुनु अघिल्लो दिन मात्र उनै प्रधानमन्त्री प्रचण्डले बोल बमवाला वस्त्र पहिरिएको तस्विर समेत सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्