×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको सचिवहरुलाई कडा निर्देशन, ‘अरु कुरा मलाई थाहा छैन ४५ दिनभित्र भूकम्पपीडितले पैंसा पाइसक्नुपर्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रचण्डको सचिवहरुलाई कडा निर्देशन, ‘अरु कुरा मलाई थाहा छैन ४५ दिनभित्र भूकम्पपीडितले पैंसा पाइसक्नुपर्छ’

Artha Sarokar

२३ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – भूकम्पपिडितले पैसा नपाएको गुनासो बढिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनभित्र भूकम्पपीडितलाई दिने भनिएको राहत रकमको पहिलो किस्ता जसरी भएपनि उपलब्ध गराउन सरकारका सचिव र पुननिर्माण प्राधिकरणलाई कडा निर्देशन दिएका छन् ।

आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सचिवहरुलाई बोलाएर प्रचण्डले आफूले ४५ दिनभित्र पहिलो किस्ताको रकम दिने घोषणा गरिसकेको भन्दै घोषणा कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन् । ‘मैले ४५ दिनभित्र पहिलो किस्ताको राहत दिने घोषणा गरिसकेँ, ‘प्रचण्डले भने, ‘जसरी हुन्छ मैले गरेको घोषणा कार्यान्वयन होस् ।’

प्रचण्डले भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि पुननिर्माणमा भएको ढिलाइ दुःखद् भएको बताए । पुननिर्माणको काम गतिशिल, पारदर्शी र प्रभावकारी नभएकोमा असन्तुष्टी ब्यक्त गर्दै प्रचण्डले आफूलाई छिट्टै परिणाम चाहिने बताएका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी