×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलो महिनाको तलव धुर्मुस सुन्तली फाउन्डेशनलाइ दिने प्रचण्डको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पहिलो महिनाको तलव धुर्मुस सुन्तली फाउन्डेशनलाइ दिने प्रचण्डको घोषणा

Artha Sarokar

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)सँगको भेटमा प्रधानमन्त्री प्रचण्डले साउन महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई दिने बताएका हुन् ।

कति हुन्छ प्रधानमन्त्रीको तलव ?
प्रधानमन्त्रीको तलब एक महिनाको एक लाख बढी हुन्छ । प्रचण्डले आफुले पाउने करिव एक लाखभन्दा बढी रकम भूकम्पपिडितहरुको घर बनाइरहेका धुर्मुस सुन्तलीलाई दिने भएका हुन् । उनले आफ्नो तलव आउने बित्तिकै उक्त रकम दिने बताएका छन् ।  
के गर्दैछ फाउन्डेशन ?
सीताराम केट्टेल  र कुन्जना घिमिरेले खोलेको धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा एकीकृत नमुना बस्ती बनाउन लागिरहेको छ । फाउन्डेसनले दसैंअगावै ६५ वटा घर निर्माण गरी भूकम्पपीडितहरूलाई दिने घोषणा गरिसकेको छ ।

के भने प्रचण्डले ?
‘भूकम्पपछि आएको मानवीय बिपत्तिलाई राहत दिन तपाईहरूले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रूपमा विकास गर्दैछ । म तपाईहरूको अभियानमा सँगै छु । अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलव तपाईहरूको फाउण्डेसनलाई सहयोग गर्नेछु,’ उनले भने ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी