Skip to content
LAXMI SUNRISE BANK

रामचन्द्र पौडेलको आक्रोशः ‘इतिहास नबंग्याऔं, मैले जेलमा बनाएको झण्डा, साथीले कट्टुमा लुकाएर बाहिर ल्याएका थिए’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं– ‘मैले जेलमा बसेर नेविसंघको झण्डा बनाएको हुँ, त्यही झण्डा श्रीकृष्णले कट्टुमा लुकाएर बाहिर ल्याएका थिए । तर एउटा भाईले निकालेको पुस्तकमा अर्कैले झण्डा बनाएको उल्लेख गरेको भेटियो, मेरो नाम त्यहाँबाट झिकिएको छ, यसरी इतिहाँस बंग्याउने प्रयत्न नगरौं ।’  आइतबार राजधानीको भृकुटीमण्डपमा आयोजित नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघको अध्यक्षको उम्मेद्वार समेत रहेका नैनसिंह महरले सम्पादन गरेको ‘प्रतिज्ञा’ नामक पुस्तकमा आफूले जेलमा बनाएको झण्डाको इतिहास मेट्न खोजेको भन्दै आफ्नो आक्रोस सबै समक्ष ब्यक्त गरे । 

यसका साथै  नेताहरु जेलमा भएको बेला ०३५÷३६ सालको विद्यार्थी आन्दोलन कुनै नेताको हस्तक्षेप बिना सफल बनाउन भुमिका खेलेको उल्लेख गर्दै उनले भने, ‘मैले त्यो बेला देखि नै विद्यार्थी संगठनमाथि हस्तक्षेप गर्न छाडिसकेको थिएँ, तर साथिहरुले अझै छाडेका छैनन् । मनि र मसलको राजनितीले सवैतिर बिगारेको छ, यसपटक नेविसंघको निर्वाचनमा अंकगणीत मिलाउन कहाँ कहाँ खेल भयो थाहा छैन ।’ 
नेता पौडेलले नेविसंघको नेता छान्न चुनाव हुनुपर्नेमा जोड दिँदै भने, ‘रञ्जित कर्णले धेरै घात – प्रतिघात सहेर आजको ठाउँसम्म ल्याए, ११ जिल्लामा प्रतिनिधि छान्न बाँकी हुँदा पटक–पटक नेविसंघको महाधिवेशन स्थगित गरियो ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK