
गणतन्त्रकालिन राष्ट्रपति कार्यालय पछिल्लो समय एमालेको ‘निजी कार्यालय’ जस्तो बन्दै गएको छ ।
राष्ट्रपति कार्यलयमा हुने कार्यक्रमहरुमा सामान्य नेपालीको पहुँच त छैन नै जननिर्वाचित सांसदले समेत दुव्र्यबहार झेल्नु परेको छ ।
शनिबार आयोजित तिज विशेष कार्यक्रममा त अझै ‘दरबारिया’ हुकुमी तरिकाले सुरक्षा निकायले सांसदलाई समेत प्रवेश दिईएन ।
राष्ट्रपति विद्या भण्डारीले आयोजना गरेको ‘तिज तथा जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रममा ‘रमिता’ नै देखियो । कार्यक्रममा आउँनको लागि तीन सय आगन्तुकहरुलाई दिउँसो तीन बजे नै निमन्त्रण गरिएको थियो । अलि ढिला आउनेलाई साँढे तीन बजेसम्मको समय दिइएको थियो । तर, तोकिएको समयसीमा अगावै सात सय पाहुँनाले राष्ट्रपति कार्यलय भरिएको थियो ।
यस्तोमा अधिकांश एमालेका कार्यकर्ता सहभागी थिए । राष्ट्रपतिकै निमन्त्रणामा पुगेका केही संसदले भने गेटबाटै दुव्र्यबहार भोग्नु प¥यो । राष्ट्रपतिकै निमन्त्रणामा तीन बजे पुगेका केही सांसदहरुले गेटबाट प्रवेश पाउँन ‘धौधौ’ मात्रै भएन ।
सुरक्षा अधिकारीले सांसदको ब्याग लान दिएनन् । आफ्नो नीजि सामग्री बोकेको ब्याग समेत गेटमै छोडेर कार्यक्रममा पुगेका महिला सांसदलाई कार्यक्रम स्थलमा भने प्रवेश दिइएन । ‘भित्र जान मिल्दैन, तपाईंहरुले यो बाहिरको पर्दामै हेर्नुहोला,’ सुरक्षा निकायले बन्देज लगाएको भनाई उदृत गर्दै एक सांसदले दियोपोस्टसँग भनिन,‘हामीलाई सुरक्षा निकायले यस्तो भनेपछि हामी बाहिर आयौं ।’
राष्ट्रपति कार्यालयमा आयोजित शनिबारको कार्यक्रममा १९७ महिला संसदलाई निमन्त्रण गरिएको थियो । तर, एमाले निकटकाले मात्रै सहजै भित्र बस्ने अनुमति पाएको भन्दै अन्य दलका सांसदले तिज विशेष कार्यक्रम नै बहिस्कार गरेका छन् । ‘हामी कार्यक्रममा गएको २० मिनेटमै फर्कियौं,’ नेपाली कांग्रेसकी एक सांसदले भनिन्,‘राष्ट्रपति कार्यलय भन्दा पनि एमालेको पार्टी कार्यलय जस्तो लाग्यो ।’
त्यसो त राष्ट्रपति कार्यालयमा हुने कार्यक्रमहरुमा समाचार संकलनमा जाने पत्रकारले समेत प्रवेश पाउँदैनन् । मन्त्रीहरुको सपथको समयमा नेपाली सञ्चारकर्मीले गेटबाटै फिर्ता हुनुपर्ने अवस्था कायम छ ।
शनिबारको घटनाबारे राष्ट्रपति कार्यालयका सुचना अधिकृत धुर्वप्रसाद अचार्यले आफूलाई त्यस्तो सुचना नआएको बताए । ‘सबै माननीय ज्युहरुलाई प्रवेश दिएका छौं,’ उनले दियोपोष्टसँग भने,‘केही ढिला आउँने माननीय ज्युहरुलाई पनि हामीले प्रवेश दिएका छौं, म अहिले कार्यक्रममा छु । कार्यक्रममा ठूलो भिड छ । पछि कुरा गरौंला ।’
- दियो पोष्ट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्