काठमाडौं । सपना प्रधान मल्ल भावी प्रधानन्यायाधीशको सपना बोकि सोमबारदेखि सर्वाेच्च अदालतमा पाइला टेकेकी छिन् । सर्वाेच्च अदालतमा उनले दायर गरेका कतिपय रिटमा भएका फैसलाले महिलाको अधिकारलाई सुरक्षति गरेको छ ।
सुभारम्भ असईबाट
नेपाली महिलाहरुको भाग्य परिवर्तनको संवाहकका रुपमा चिनिने सपना प्रधान मल्लको सरकारी सेवा जागिर सर्वाेच्च अदालतको न्यायाधीशबाट सुरु भएको होइन । उनको सेवाको सुरुवात नेपाल प्रहरीको असईबाट सुरु भएको हो । महानगरीय प्रहरी प्रभाग काठमाडौंमा उनी लगभग १७ महिना असई पदमा जागिरे बनिन ।
पोलिटिकल साइन्सको पढाई
त्यसपछी सपना र उनकी साथी साधन प्रधान दुवैले जागिर छोडेर पोलिटिकल साइन्स पढ्न थालेका थिए । पोलिटिकल साइन्स पढ्दा पढ्दै उनी भारत गएकी थिइन । सपनाकी साथी साधन अन्तराष्ट्रिय अदालत हेगमा कार्यरत छिन् ।
सपनाको रुपान्तरण
२०२० साल कार्तिकमा नवलपरासी जन्मिएकी सपना पाँच कक्षासम्म आफ्नै गाउँमा अध्ययन गरेकी थिइन । ६ कक्षामा पढ्न उनी राजधानी आएकी थिइन । नेपाल आर्दश माध्यामिक बिद्यालयबाट एसएलसी र नेपाल ल क्याम्पसबाट कानुन पढेकी सपना सानोमा इन्जिनियर बन्ने योजना थियो । तर उनी समयको क्रमसँगै नेपालको भावी प्रधानन्यायाधीश बन्ने भएकी छिन् ।
अध्ययन सकेर भारतबाट फर्के लगतै उनी नेपाल प्रहरीको असईमा जागिरे बनेकि थिइन । त्यसपछि उनी कानुनी पेशामा आएकी थिइन । तर सपना प्रधान मल्लले भने आफु नेपाल प्रहरीको असई भएको कुरा कतै पनि सार्वजनिक गर्ने गरेकी छैनन् ।
महिलाका लागि दरिलो खम्बा
कानुनी पेशामा आएपछि उनले दायर गरेका कतिपय रिटको फैसलाहरु अहिले सर्वोच्च अदालतमा नजिरकारुपमा रहेका छन् । पतिले पत्नीलाई जवरजस्ती करणी गरे त्यसलाई अपराधकारुपमा लिने नजिर सर्वाेच्च अदातलमा स्थापित भएको छ । यस बिषयमा सपनाले अदालतमा रिट दायर गरेकी थिइन । उनकै रिटमा सर्वाेच्च अदालतले पत्नीलाई पनि जवरजस्ती करणी गर्न नपाइने नजिर स्थापित गरेको थियो ।
लडाईं प्रधानन्यायाधीशसम्मको
पुरुष समान महिलालाई पनि कानुनी पुहुँचमा ल्यान उनले गरेका प्रयासले नेपाली महिलालाई धेरै न्याय गरेको छ । उनको त्यही लडाईले उनलाई प्रधानन्यायाधीशसम्म पुरयाउँदै छ । सपना सोमबारदेखि सर्वाेच्च अदातलको न्यायाधीश बनेकी छिन् । अबको केही बर्षपछि उनी प्रधानन्यायाधीश हुने लगभग पक्का छ । सर्वाेच्च अदालतमा महिलाका सन्दर्भमा स्थापित नजिरहरुलाई कार्यान्वयन गराउने ठाउँमा उनी पुगेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्