
रोशन पोखरेल
विगत केही समय देखी लगातार रेकर्ड ब्रेक गर्दै छलांग लगाउँदै आइरहेको शेयरबजार यस हप्ता सुस्ताएको देखियो। बजार ओरालो लागेसंगै लगानीकर्ता त्रासमा देखिए। शेयरबजार जहिले पनि र जहाँ पनि अस्थिर प्रकृतिको हुन्छ। बढ्नु घटनु बजारको स्वभाव हो।
भनिन्छ शेयरबजार फण्डामेन्टल्सको आधारमा गतिशिल हुन्छ। तर यो सत्य भएता पनि पूर्ण सत्य भने होइन। शेयरबजार फण्डामेन्टल्स भन्दा लगानीकर्ताको मनोविज्ञानबाट बढि निर्देशित रहन्छ। विगतमा बैंकिङ ब्याजदर लगायतका अन्य कारणले लगानीकर्ताको मनोवल उच्च भई बजार बढेको थियो भने आज ब्याजदर लगायत अन्य तथ्यहरु उस्तै भएता पनि लगानीकर्तामा विविध कारणबश फैलिएका फैलाइएका त्रासले बजार घटीरहेको छ। त्यो चाहे कालोधन को त्रास होस्,सरकार परिवर्तनको त्रास होस वा अन्य।
हाम्रो शेयरबजारमा स्वविवेकले लगानी गर्ने भन्दा देखासिकी र अरुको भनाई वा गराईमा आधारित भएर लगानी गर्नेको जमात बढि छ। जसको फाइदा हल्ला फैलाएर फाइदा लिने टाठा बाठाले लिई आएका छन। मेरो ब्यक्तिगत विचारमा अहिलेको बजार घटाई त्यस्तो भयावह र लामो अवधिको नहोला। सरसर्ती हेर्दा पनि बजार घटेर धेरै तल आउने स्थिती र ठोस कारण केही पनि देखिन्न। बढेको बजारमा उपल्लो मुल्य हालेर शेयर किनेका जमातले नाफा बुक गर्ने क्रम बढेको र बजार धेरै तल जान्छ भन्ने हल्लाले बजारमा सेलिङ प्रेसर बढेकोले पनि बजार घटेको मान्न सकिन्छ।
नत्र बजार खल्र्याक खुर्लुक तल जाने कारण भने खासै देखिन्न। अझ नेपाली शेयरबजारको बसन्तको समय नजिकिदा बजार तल गएको यो समय अझ राम्रो अवसरको रुपमा प्रमाणित हुन सक्ने बलियो आधार असल लगानीकर्ताले देख्न सक्छ। वित्तिय विवरण सार्वजनिक हुने क्रम बढे सँगै बजारले फेरी गति लिनेमा आश्वस्त हुन सकिन्छ। धैर्य गरौं बजारले फेरी हरियो झण्डा हल्लाउला। (लेखक: स्वतन्त्र लेखक तथा अनुसन्धानकर्ता हुन)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्