×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारजी आज्ञा गर्नुहुन्छ… सेयर भनेको यस्तो हो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुमारजी आज्ञा गर्नुहुन्छ… सेयर भनेको यस्तो हो !

१२ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सेयर बजार साप्ताहिकमा प्रकाशित 

कुमारजी आज्ञा गर्नु हुन्छ, ‘हे अगस्तमुनि यो शेयर बजार भनेको के हो ?’ यसको बारेमा जान्न सुन्न यी कानहरु आतुर छन् । अगस्त्य मुनि भन्नुहुन्छ, हे कुमारजी, यो शेयर बजारको वर्णन चतुर्मुखधारी स्वयं ब्रम्हाजी तथा हजार जिब्रो भएका शेषनागले त गर्न सक्नुहुन्न, म के सकूँला । र, पनि संक्षिप्तरुपमा बुँदागत सुनाउँछु, के हो शेयर बजार भनेको । 
१. कुरा सबैले सधैं लाख र करोडका मात्र गर्ने, तर यथार्थमा साना लगानीकर्ताहरुले हजारमा मात्र
मुनाफा हात पर्ने ठाउँ हो, शेयर बजार !
२. एउटा इन्जिनियर पढेको केटो के अर्थमन्त्री भएको थियो, फ्याट्टै बोल्दिहाल्यो, ‘यो जुवा घर हो ।’
जसको जे विषयमा ज्ञान छ, सीप छ, त्यसै विषयमा बोल्दा–लाग्दा राम्रो हुन्छ । अत: यथार्थ कुरा नबुझी हल्लाको पछि लागि लगानी गर्नेहरु डुबानमा पर्ने ठाउँ हो, शेयर बजार ! 
३. जसल श्रीमतीको नाकको फुली बेचेर शेयरमा लगानी गर्नु भएको छ  । सेयरमा घाटा भए पनि नाकको फुलीका पत्थरमात्र घाटा हुनु हो । पूराकै पूरै फुली नै घाटा हनु होइन । अर्थात सेयरमा घाटा भए पनि केहि प्रतिशतमात्र घाटा हुनु हो , पूरै प्रतिशत नै घाटा हुनु होइन । अत: यो क्यासिनो वा जुवा घर होइन । 
४. आज भोलि शेयरबजारसम्बन्धी विभिन्न फोरम र ग्रुपहरु छन् । सबैले आ–आफ्नो विचार एवं रायहरु राख्नुहुन्छ । त्यसमा कसैले अत्यन्त राम्रो विचारहरु, सूचनाहरु राख्नुहुन्छ, तर कसै–कसैले आफूले किनेको कम्पनीको विज्ञापन गर्नुहुन्छ । कतिले हुने–नहुने बढाई– चढाई गर्दै आफ्नै साथीलाई फसाएर मूल्य अभिवृद्धि
गरी नाफा आर्जन गर्ने ठाउँ हो, शेयर बजार !
५. भन्न त सबैले भन्न्छन्, ‘कम्पनीको फन्डामेन्टल एनलाइसीस गर्नुपर्छ । राम्रो वित्तीय स्वास्थ्य भएको कम्पनीको शेयर किन्नुपर्छ । जसको प्रतिसेयर आम्दानी धेरै र पीई रेसियो कम छ, त्यही कम्पनीको छनौट गर्नुपर्छ । तर, यथार्थ एवं ब्यवहारमा फरक छ । जसले नीतिगत सूचनाहरु, कम्पनीका आन्तरिक सूचनाहरु अरुलेभन्दा पहिलै थाहा पाउनुहुन्छ । उहाँहरुले इन्साइडर ट्रेडिङमार्फत् मनग्ये मुनाफा आर्जन गर्ने ठाउँ हो, शेयर बजार ! ६. जसको मुटु कमजोर छ, ब्लड प्रेसर हाई छ ।
शेयर मूल्य घटबढ् हँुदा घरमा बुढाबुढी झगडा उत्पन्न हुन्छ भने उहाँहरु शेयर बजारमा न आउँदा नै राम्रो हुन्छ । किनकि शेयर सधैं बढ्नेमात्र होइन, घट्ने पनि गर्छ र घट्दा घाटा हुन्छ । अत: घाटा हुँदा धेरै तनाब सिर्जना उत्पन्न भई रक्तचाप बढेर हर्ट अट्याक आउन पनि सक्छ । घरमा झगडा उत्पन्न हुनसक्छ ।
(अत: त्यस्तो ब्यक्तिहरुलाई उपयुक्त ठाउँ होइन, शेयर बजार । (ईतीश्री कुमारजी अगस्त्यमुनि शेयर सम्बादे पहिलो अध्याय समाप्त । शेयरेश्वरी माता कि जय ।) 
  • रामु खनाल 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: