×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटा आम नेपाली करदाताको पीडा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एउटा आम नेपाली करदाताको पीडा

१ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • ट्याक्सपर्ट

खै नेपाली राजश्व प्रशासन नेपाली कर ऐन नियम कहिल्यै करदाता मैत्री भए जस्तै नलाग्ने भयो । यो तिन चार दिनमा गरिएका अनुभवहरू यस्ता छन् :

१) पुर्वानुमानित कर बिबरण भर्ने सिमाको पानवाला करदाताले आफ्नो टिडीएस पनि दाबी  गर्नु परेकोले नियमानुसार लेखापरिक्षण गराई भरेको डे -३ बिवरण मा डे-१ नभरेको भनेर कर चुक्ता पाईराखेका छैनन् ।
.
२) मु अ कर दर्तावाला शुन्य कारोवारको बित्तिय बिबरण सहित डे-३ भर्यो न्यूनतम कर पनि दाखिला गर्नुपर्यो भन्ने जवाफ आइराखेको छ ।

३ ) मु अ क दर्तावाला नै हो कारोवार ज्यादै थोरै छ । पुरा बित्तिय बिबरण सहित डे-३ हालेकोमा अडिट नगरिएको कारणले ह्रासकट्टी नपाउने भन्ने जवाफ आइराखेको छ ।

४) इ टि डि एस गरेको सं नं र अन्य सबै बिबरण अनुसूचि -१० मा दावि गरेकोमा बैंक भौचर नम्बर नहाली हुदैन भन्छ जबकी सं नं हालेपछी भौ नं हाल्ने ठाउ नै छैन ।

५) झ्यालमा बस्ने ,ढोकामा बस्ने, टेबलमा बस्ने कर्मचारी अनुसार जवाफ फरक हुन्छ ।

हैन यो ऐन नियम बनाउदा यस्तै नियत राखेर नै बनाउने हो कि । क्लाईन्टलाई कार्यालय आफै जा भनेर पठाईदियो तेरो त अडिटरले गरेकै मिलेन यसरी गर्ने नै हैन भन्दिन्छन उल्टै लेखा ब्यबसायीलाई हलुका गरिदिन्छन । खै कसलाई के भन्ने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: