×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरुमा १० हजार दिएर पछी २ लाखमा जग्गा पाइने लोभमा पोखराका महिला यसरी ठगीए

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुरुमा १० हजार दिएर पछी २ लाखमा जग्गा पाइने लोभमा पोखराका महिला यसरी ठगीए

११ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

पोखरा – निर्मलपोखरीकी अमृता विकले पोखरामा घरघडेरी जोडम्ला भन्ने एकरति सोचेकी थिइनन् । १० हजार रुपैयाँ बैना बुझाए एक रोपनी जग्गा पाइने प्रस्ताव लिएर एक दिन मनु सुनार पुगिन् ।
मनुले पोखरा मझेरीपाटनको जग्गा देखाएर मंसिरदेखि बस्ती बसाल्ने योजना सुनाइन् । २ वर्षपछि २ लाख रुपैयाँ बुझाउनुपर्ने सर्त पनि राखिन् । अब भने अमृताको मनमा लोभ जाग्यो । पोखरामा आफ्नो पनि एक टुक्रा जग्गा र सानो घर भएको कल्पना गर्न थालिन् ।
विदेश बसेका पतिले २ वर्षमा २ लाख रुपैयाँ कसो नकमाउलान् र भन्ने लाग्यो । गाउँका अरुले पनि पैसा बुझाएको थाहा पाएपछि उनले साउन २६ गते १० हजार ५ सय रुपैयाँ बुझाइन् ।
सिर्जनाचोकको होटल रविमा १ सयभन्दा बढीसँग तमसुक बनाउँदै रकम बुझ्दै गर्दा विप्लव माओवादीका कार्यकर्ताले मनु सुनार र कमला पुनलाई समातेर प्रहरीमा बुझाए । मनु समातिएको खबर पाएपछि मात्रै अमृतलाई आफू ठगिएको थाहा भयो ।
यसरी ठगिने मनु एक्ली भने होइनन् । ठगिएको उजुरी दिन विप्लव माओवादीको कार्यालय आइपुगेका स्याङ्जाका भीमबहादुर गुरुङले आफू एक्लैले १५ हजारको दरले ३ जनाको नाममा ४५ हजार रुपैयाँ बुझाएको बताए । बहिनी ज्वाइँले ६ जनाको नाममा ९० हजार र माइली आमाले पनि ४५ हजार रुपैयाँ बुझाएको तमसुक उनले देखाए ।
पोखरा १३ की मनु सुनार मझेरीपाटनको १७ सय २ रोपनी पर्ती जग्गा देखाएर ठगी धन्दा चलाएकी हुन् । उनको गिरोहले कास्कीका विभिन्न गाविसमा पुगेर जग्गाको प्रलोभन दिएको थियो । मनुको समूहले एक घरबाट १० हजार ५ सय रुपैयाँदेखि ९३ हजार रुपैयाँसम्म उठाएको थियो ।
विप्लव माओवादीको जिल्ला जनपरिषदले बिहीबार मनुको नेतृत्वमा रहेको गिरोहलाई १ सय ३५ तमसुकसहित कब्जामा लिएको थियो । मनु र कमलालाई बिहीबार नै प्रहरीकोमा बुझाएको जनपरिषदले तमसुक भने शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीलाई बुझाएको हो । मनु र कमला जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । यद्यपी ठगीमा कमलाको संलग्नता भने पुष्टी नभइसकेको प्रहरीले बताएको छ ।
तमसुकमा जग्गा किनबेचसम्बन्धी व्यहोरा नलेखी मनुले घरव्यवहार चलाउन ऋण लिएको उल्लेख छ । मुस्ताङचोकको पैरवी कानुन कार्यालयमा तयार गरिएका सबै तमसुक विमलप्रसाद लामिछानेले लेखेका हुन् । उनको प्रमाणपत्र संख्या दर्ता नम्बर १३१७ हो । लामिछानेले एउटा तमसुक लेखेको ५ सय रुपैयाँ लिएका थिए । पैरवीका सञ्चालक अधिवक्ता गिरधारी सुवेदी हुन् ।
जनपरिषदका संयोजक नन्दप्रसाद तिवारीले जग्गाको लोभ देखाएर ठगी गर्ने ठूलै गिरोह भएको दाबी गरे । माओवादी कार्यालयमा आफू ठगिएको उजुरी दिन सयौंको संख्यामा पीडितहरु आएको बताउँदै तिवारीले सात आठ सयजना ठगिएको हुनसक्ने अनुमान गरे ।
‘कास्कीका गाउँ गाउँमा पुगेर ठगेका छन्,’ उनले भने, ‘सार्वजनिक जग्गा देखाएर करोडौं कुम्ल्याउने भूमाफियाको दाउ हो ।’ ठगी धन्दामा संलग्नलाई विप्लव माओवादीले विगत दुई महिनादेखि पछ्याइरहेको थियो । विशेष सूचनाका आधारमा बिहीबार होटल रवि पुग्दा दुईजना रकम बोकेर भागेका थिए ।
मनु सुनारको गिरोहले कास्कीका विकट गाविस र ती गाविसका दलित र तीमध्ये पनि गरिबलाई निशाना बनाएको देखिन्छ । तनहुँ, स्याङ्जा, नवलपरासीकालाई पनि यो गिरोहले ठगेको छ । ठगिनेमा अधिकांश दलित समुदायका छन् । विप्लव माओवादीका गोकुल पराजुलीले उक्त गिरोहले सोझालाई छानीछानी ठगेको बताए ।
‘छिट्टै लोभिनेलाई छानेर ठगिएको छ,’ उनले भने, ‘टाठाबाठा एउटै ठगिएका छैनन् ।’ जिल्ला जनपरिषद कास्कीले ठगी गर्ने गिरोहलाई कानुन बमोजिम कारबाही र पीडितको रकम फिर्ताको माग गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: