Skip to content
LAXMI SUNRISE BANK

दुई हप्तादेखि उदयपुर सिमेन्ट उद्योग बन्द, १० करोड घाटा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेका कारण उदयपुर जिल्लाको जलजलेमा अवस्थित देशकै ठूलो सिमेन्ट उद्योग पुनः  बन्द भएको छ । ।

१० करोडको घाटा 
दुई हप्तादेखि उद्योगबाट उत्पादन कार्य बन्द हुँदा अहिलेसम्म झन्डै उद्योगले १० करोडको घाटा व्यहोर्नुपरेको छ । बिग्रेको  गियरचैन पुनः मर्मत गर्न भारत लान परेको कारण उद्योग बन्द भएको हो । 
पहिलो पटक भने हैन 
चार महिना अघि पनि यसरी नै मिलको गियरचैन बिग्रँदा उद्योग झन्डै २५ दिन उद्योग बन्द हुन पुगेको थियो।
उक्त समयमा पनि उद्योगले झन्डै २० करोड घाटा व्यहोर्नुपरेको थियो ।
गैरजिम्मेवार प्रशासन तथा मन्त्रालय
वर्षभरि नै उद्योगको मिलको गियरचैन बिग्रने र उद्योग बन्द हुँदा घाटामा जाने गरेको भए तापनि उद्योगको लागि जापानबाट नयाँ गियरचैन ल्याउने कार्यतर्फ उद्योग प्रशासन तथा मन्त्रालय गैरजिम्मेवारी हुँदा यस्तो समस्या आएको देखिन्छ । बिग्रेको गियरचैन र मेसिन मर्मत गर्नुभन्दा पनि जापानबाट नयाँ मेसिन खरिद गरेर ल्याए दसौँ वर्ष उद्योग निरन्तर चल्ने उद्योगका तल्ला तहका कर्मचारीको धारणा छ ।

कमिसनको लागि भारत 
 पुरानो मेसिन भारतमा लगेर मर्मत गर्ने नाममा कमिसन खान पाउने हुनाले जिम्मेवार व्यक्तिले नै नयाँ मेसिन र गियरचैन खरिद गरेर ल्याउन नचाहेको आरोप लाग्ने गरेको छ । विसं २०४४ मा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो ठूलो पूर्णरुपमा सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग हो । यसको सिमेन्ट उत्पादन क्षमता प्रतिदिन ८०० मेट्रिक टन रहेको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK