×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापानका प्रवासी नेपालीहरुलाई सम्बोधन गर्न बाबुराम भट्टराइ सेप्टेम्बर १८ मा जापान पुग्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जापानका प्रवासी नेपालीहरुलाई सम्बोधन गर्न बाबुराम भट्टराइ सेप्टेम्बर १८ मा जापान पुग्ने

Artha Sarokar

२० भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 

जापान – यहि सेप्टेम्बर १८ तारीख आईतबार नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ शक्ति पार्टीको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाज जापानले आयोजना गरेको “नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यकता” विषयमा सम्वोधन गर्न जापान पुग्ने भएका छन् ।
नवराज सुवेदी 
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै नयाँ शक्ति जापानका अभियनता तथा प्रवास प्रादेशिक समितीका सदस्य भुवन रोकाले देश निर्माणमा नयाँ शक्तिले अवलम्वन गरेका निती तथा कार्यक्रमहरु र त्यसमा विदेशमा बस्ने नेपालीहरुको भुमिकाबारे प्रष्ट पार्न डा. बाबुराम भट्टराई र प्रवास प्रादेशिक समितीका संयोजक नवराज सुवेदी जापान आउने  कार्यक्रम रहेको बताए ।
रोकाको अनुसार १८ तारीकको कार्यक्रम आन्तरिक र खुल्ला गरी दुई चरणमा बिभाजन गरिएको छ । बिहान १० बजेदेखि सुरु हुने आन्तरिक कार्यक्रममा राष्ट्रिय भेलाको भाव सम्प्रेषण तथा प्रशिक्षण कार्यक्रम रहेको र १ बजेबाट हुने खुल्ला कार्यक्रममा “नेपालको समग्र विकास र समृद्धिको लागि प्रवासी नेपालीहरुको भुमिका तथा आवश्यकता” बिषयमा छलफल हुने बताए । साथै उक्त छलफल कार्यक्रममा नेपाली दुतावासका प्रतिनिधिहरु एनआरएनए जापानका प्रतिनिधिहरु, अन्य राजनितीक संघ संगठनका प्रतिनिधिहरु, सामाजिक संस्थाका प्रतिनिधिहरु, व्यवसायी, पत्रकार लगायत जापानबासी नेपालीहरुको ठूलो उपस्थिति रहने रोकाले जानकारी दिए । 
रोकाले दिएको जानकारी अनुसार कार्यक्रम सुगीनामी कु उमेजातो १-२२-३२ सेसन सुगीनामी हल टोकीयो, जापानमा हुनेछ । सम्पूर्ण जापानवासी नेपालीहरुलाई उक्त छलफलमा सहभागी हुनको लाई अपिल गर्दै रोका अगाडी भन्नुहुन्छ “अबको निकास, आर्थिक विकास, सम्भव छ सम्वृद्धि हाम्रै पालामा” भन्ने नारा सहित स्थापना भएको नयाँ शक्ति पार्टीले आर्थिक विकासको लागी अंगालेको निती कार्यक्रम जापान बासी सबै नेपालीहरु सुन्न र बुझ्न आउनुहुन आग्रह गर्दै, हाम्रो पालामा विकास गर्ने नयाँ शक्ति अन्तिम विकल्प भएकोले यो अभियानमा प्रत्यक्ष सहभागी भएर देश बिकासको निम्ति आफु भित्र रहेका रचनात्मक, प्राबिधिक र बौधिक क्षमताको प्रयोग गर्नुहुन पनि सबैमा अनुरोध गरे ।
रोका अगाडी भन्छन्, ‘यस कार्यक्रमले छोटो समयमा नै जापानमा स्थापित भएको नयाँ शक्तिको प्रवासी संगठन अन्तराष्ट्रिय नेपाली समाजमा थप ब्यक्तिहरु आकर्षित हुने कुरा त छदैछ त्यो भन्दा महत्वपूर्ण कुरा जापानमा रहेका नेपाली ब्यवसायीहरु नयाँ शक्तिको योजना अनुरूप नेपालमा लगानी गर्ने संभावना बढ्ने र अन्य जापानबासी नेपालीहरु पनि देश निर्माण अभियानमा जुट्न मद्दत गर्ने कुरामा विश्वस्त रहेका छौ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी