×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दरका नाममा मौलायो ‘दारु’को व्यापार ! व्यवसायी भन्छन्, ‘दशैं-तिहारपछी तीजमै बढी बिक्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दरका नाममा मौलायो ‘दारु’को व्यापार ! व्यवसायी भन्छन्, ‘दशैं-तिहारपछी तीजमै बढी बिक्छ’

Artha Sarokar

१८ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हिन्दु नारीहरुको महान चाडको रुपमा लिइने तीज विकृत बन्दै गएको समाचार सार्वजनिक भइरहेका बेला अर्को अचम्मलाग्दो तथ्य पनि बाहिरिएको छ । दशैं तिहारपछी सबैभन्दा बढी मदिरा तीजको दर खाने दिनमा हुने गरेको तथ्य फेला परेको हो ।
दशैं तिहारपछी बढी बिक्छ तीजमा रक्सी !
काठमाडौँ कोटेश्वरमा मदिरा पसल संचालन गरेर बसेका एक व्यवसायी भन्छन्, ‘सबैभन्दा बढी रक्सी दशैं तिहारमा विक्छ । त्यसपछि तीजमा बढी विक्छ । त्यसपछि होली, शिवरात्री लगायतका पर्वहरुमा विक्छ ।’ उनका अनुसार सामान्य रुपमा होली, शिवरात्री लगायतका पर्वहरुमा दशैंपछी बढी मदिरा बिक्ने भन्ने हल्ला गलत हो र दशैं तिहारपछी सबैभन्दा बढी रक्सीको व्यापार तीज ताका हुन्छ । उनी अगाडी भन्छन्, ‘होली, शिवरात्री लगायतका पर्वहरुमा त एक एक दिन मात्र विक्छ, तीजको समयमा त एक हप्ता बढीजसो नै रक्सीको व्यापार बढी हुन्छ ।
तीजमा वियर र वाइनको माग बढ्दो :
उनका अनुसार तीजमा वियर र वाइनको माग बढ्दो छ । हार्ड ड्रिंक्स त्यति धेरै नगएपनि बियर र वाइन बढी विक्री हुन्छ । महिलाहरुले बढी वाइन पिउने हुनाले पनि यस्तो भएको हुनसक्छ ।’ तीजमा विकृति आएको स्वीकार्ने उनी अगाडी भन्छन्, ‘तीजजस्तो महान चाडका बेला रक्सी बढी विक्नु दुर्भाग्य हो तर हामी व्यापारीलाई त फाइदा कै कुरा हो। ‘      
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी