
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – देवः विकास बैंकको डेपुटी कार्यकारी प्रमुखमा नरेश सिंह बोहोरा नियुक्त भएका छन् । बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त पदमा नरेश सिंह नियुक्त भएको उल्लेख गरिएको छ ।
बैंकको डेप्युटी प्रमुखमा नियुक्त भएका बोहारा विगत १५ वर्ष भन्दा बढी समयदेखि बैकिङ क्षेत्रमा कार्यरत छन् । देवःबिकास बैंकमा आवद्ध हुनुभन्दा अगाडी उनी नारायाणी नेश्नल फाईनान्समा कार्यरत हुनुहुन्थ्यो । नारायाणी नेश्नल फाईनान्स सनराईज बैंकमा मर्ज भएपछि उनी देव: विकास बैंकमा नियुक्त भएका हुन् ।
बैक व्यवस्थापनले जनाए अनुसार उनी २०७३ भाद्र २५ गतेदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त भएका छन्।