×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फितलो अनुगमनका कारण हाइवेका पसलहरुमा व्यापक कालोबजारी, पसल साहु खुलेआम भन्छन्, ‘हाम्रो त पुरै सेटिङ छ’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

फितलो अनुगमनका कारण हाइवेका पसलहरुमा व्यापक कालोबजारी, पसल साहु खुलेआम भन्छन्, ‘हाम्रो त पुरै सेटिङ छ’

१६ भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
हाइवेका पसलहरुमा व्यापक कालोबजारी हुने गरेको पाइएको छ । मलेखु, सिम्ले, मुग्लिन लगायतका ठाउँहरुमा यस्तो कालोबजारी देखिएको हो । बुधबार अर्थ सरोकारकर्मीले सिम्लेस्थित सिम्ले लिक्वर सपमा ६५ रुपैयाँ पर्ने सानो ‘माउन्टेन डिउ’ किन्दा १०० रुपैयाँ लिइयो । यसमा त ६५ रुपैयाँ लेखिएको छ नि ? भन्ने हाम्रो प्रश्नमा पसलका साहुले जवाफ फर्काए, ‘हाइवेमा त्यो पनि राती, कहाँ त्यसरी पाइन्छ त ! यसकोको १०० रुपैयाँ नै पर्छ ।’ 
मासिक रुपमा गाडीवालालाइ कमिसन : 
यस बिषयमा समाचार बनाउने हेतुले हामी अलि नजिक भएर जिस्किंदै ती साहुसंग कुरा गर्न थाल्यौं । हाम्रो कुराकानीका क्रममा उनले मासिक रुपमा गाडिवालाई कम्सियन दिनुपर्ने तथ्य खोले भने अनुगमन रोक्न पनि बेला बेलामा रकम बुझाउनु पर्ने खुलासा गरेका छन् । ‘अब गाडीवालालाइ कमिसन दिनु पर्यो । कहिलेकाहीं छापा मार्नेलाइ पैसा दिनु पर्यो । राती राती काम गर्नुपर्छ । त्यति त मार्जिन चाहियो नि । 
अनुगमन गर्नेसंग पनि सेटिङ !
हामीसंगको कुराकानीमा उनले अनुगमन गर्नेहरुलाई समेत बेला बेलामा रकम दिएर ‘सेटिङ’ मिलाएको दावी गरेका छन् । उनी दावीका साथ् भन्दै थिए, ‘ तपाइंले कहिले यो एरियामा अनुगमन टोलीले छापा मार्यो भन्ने सुन्नु भएको छ ? पक्कै छैन । हुने भयो भनेपनि हामीलाई पहिला नै जानकारी आउँछ । त्यो बेलाको व्यवस्था छुट्टै हुन्छ ।’ यता अनुगमन टोलीलाई समेत बेलाबेलामा यस्तो आरोप लाग्ने गरेको छ । तर अनुगमन टोलीले भने यो कुरालाई नकार्ने गरेको छ । सिम्ले लिक्वर सपका संचालक अगाडी भन्छन्, ‘अव दशैंमा एक दिन अनुगमन हुने कुरा छ । कुन दिन हुन्छ, हामीलाई पहिला नै थाहा हुन्छ । कसैले केहि गर्न सक्ने वाला छैन ।’

कालोबजारीको पनि हद !
यस्ता पसलहरुमा कालोबजारीको पनि हद हुने गरेको छ । २० रुपैयाँ पर्ने चाउचाउ ३५ रुपैयाँ लिइने गरेको छ भने चुरोटको २५ रुपैयाँसम्म लिइने गरेको छ । यस्तै चिसो पेय पदार्थ र मदिरामा पनि व्यापक कालोबजारी छ । अरु त अरु सामान्य गुट्खादेखि दालमोठसमेतमा कालोबजारी छ । ‘सबैले त्यहि गर्ने हो । हामी व्यापार गर्न बसेको हो, सेवा गर्न होइन । पैसा नहुनेले खाँदैनन् नि ! हुनेले दिन्छन् त हामीलाई के मतलव !’ उनले जंगीदै अर्थ सरोकार डटकमसंग भने ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: