×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असक्षमको ‘ट्याग’लागेका कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

असक्षमको ‘ट्याग’लागेका कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक

Artha Sarokar

३० भाद्र २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – मुकेशराज काफ्लेको राजीनामापछि बुधबारको मन्त्रिपरिषदको बैठकले रिक्त रहेको नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सरकारले कुलमान घिसिङलाई नियुक्त गरेको छ । उर्जामन्त्री राधा ज्ञवाली रहेको समयमा  उनी चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक समेत थिए । तर, काम सन्तोषजनक नभएको भन्दै नेपाल विद्युत प्रधिकरण सञ्चालक समितिको बैठकले घिसिङलाई चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । 

राधा ज्ञवालीले समेत चिलिमे हाँक्न नसकेका भनी असक्षमको बिल्ला भिराएका घिसिङलाई प्राधिकरण प्रमुख नियुक्त गरिएको हो । घिसिङ प्राधिकरणकै ११औ तहका कर्मचारी हुन् । प्राधिकरणमा उनीभन्दा वरिष्ठ तहका कर्मचारी पनि रहेका छन् । उनीहरुलाई समेत मिलाएर बढ्दो लोडसेडिङ कम गराई उच्च विद्युत चुहावटलाई समेत नियन्त्रण गर्नु उनका मुख्य चुनौति रहने जानकार बताउँछन ।
उर्जामन्त्रीले प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्तिका लागि मन्त्रालयका सहसचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा समिति बनाएका थिए । सोही समितिको सिफारिसको आधारमा घिसिङलाई सरकारले प्रबन्ध निर्देशक बनाएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी