
मुसा मन्त्रीका रुपमा परिचय कमाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता तथा आपुर्ती मन्त्री दीपक बोहोराको सम्पर्क कार्यालय महेन्द्र पुलिस क्लव रहेको छ ।
महेन्द्र पुलिस क्लवमा बिहान ७ बजेदेखि करिब १० बजेसम्म मन्त्री बोहोरालाई भेट्नेको घुइँचो नै लाग्ने गर्छ । मन्त्री बोहोरालाई भेट्न आउने कार्यकर्ताहरुका कारण महेन्द्र पुलिस क्लवमा व्यायाम, ब्याटमिन्टन, टेनिसलगायतका खेलहरु खेल्न आउने प्रहरीका उच्च अधिकारीहरुदेखि सर्वसाधारणहरुलाई समस्या परेको प्रहरीका एक उच्च अधिकारीले नाम नछाप्ने सर्तमा बताए ।
मन्त्री बोहोराले खुल्लम खुल्लारुपमै महेन्द्र पुलिस क्लवलाई सम्पर्क कार्यालयजस्तै बनाई एकलौटीरुपमा मनोमानी ढंगबाट चलाउँदै आएका छन् । मन्त्री बोहोराका कार्यकर्ताहरु टेनिस कोट वरीपरी, क्यान्टिन र पार्किङस्थलमा यत्रतत्र छरिएर रहेका हुन्छन् । मन्त्रीज्युका कारण महेन्द्र पुलिस क्लव असुरक्षितसमेत रहेको र कुनै पनि दिन क्लवमा गम्भीर दुर्घटनासमेत हुनसक्ने प्रहरीका अधिकारीहरुले बताउने गरेका छन् ।
मन्त्रीज्यूकै कारण अपराधिक पृष्ठभूमि भएकाहरु पनि मन्त्री बोहोराको नाम लिएर क्लवभित्र छिर्ने गरेको ती प्रहरी अधिकारीले बताए । लाजै नमानी मन्त्री बोहोराले महेन्द्र पुलिस क्लवमा ठेकेदार, व्यापारी, जग्गा दलालहरुलाई विभिन्न काम गरेवापत खुल्लमखुल्लारुपमा कमिशनका कुराहरु गरिरहेको जो कोहीले स्पष्ट रुपमा देख्न सक्छन् ।
मन्त्री बोहोराले आफ्ना कार्यकर्ता भन्दा पनि व्यापारी, उद्योगपति, जग्गा दलाल, ठेकेदारमार्फत कमिशनकै मोहमा उनीहरुलाई विशेष समय दिई उनीहरुको काम तत्कालै गरिदिने तर कार्यकर्ताको साधारण काम पनि माखोसमेत नमार्ने गरेको राप्रपाका कार्यकर्ताहरुले खोजतलासलाई बताएका छन् ।
यसरी नेपाल प्रहरीको स्वामित्वमा रहेको महेन्द्र पुलिस क्लवलाई तस्करी, व्यापारी, उद्योगपति, जग्गा दलालहरुलाई भेट्ने अखडा बनाउन मन्त्री बोहोरालाई प्रहरीले किन छुट दिइरहेका छन् ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्