
(कविता)
मेरो दुतावासले क्याटरिङ्ग चलाउँछ !
अनि ९-९ महिनामा भोज लगाउँछ !!
विद्यार्थीको समस्या,
प्रवासीका समस्या
अनि लाखौ
श्रम-जीवि नेपालीको समस्या,
सबै ज्यूँ का त्यूँ !
काम-काज त त्यस्तै हो,
मेरो दुतावासले मिटिङ्ग बोलाउँछ !
मेरो दुतावासले क्याटरिङ्ग चलाउँछ !
अनि ९-९ महिनामा भोज लगाउँछ !!
हरेक प्रवासीको आस,
प्रवासमा काम गर्दा लाग्ने
त्यो भोक अनि प्यास,
यी सब वास्ता गर्दैन !
नयाँ सरकार बन्ने बितिक्कै,
अरु काम जे सुकै होस्,
मेरो दुतावासले भ्रमणको तालिका बनाउँछ !
मेरो दुतावासले क्याटरिङ्ग चलाउँछ !
अनि ९-९ महिनामा भोज लगाउँछ !!
पहिलेको भ्रमणमा सफा गरेको
त्यो चर्पी अनि यस्तै अरु
हतार-हतार सफा गर्दछ,
जुन केहि दिन अगाडी जाँदा
आफैलाई असहज लाग्थ्यो !
अरु बेलामा त त्यस्तै हो,
भ्रमणको बेलामा सुन्दर बगैंचा बनाउँछ !
मेरो दुतावासले क्याटरिङ्ग चलाउँछ !
अनि ९-९ महिनामा भोज लगाउँछ !!
रात्रि भोज लगाउँछ,
जो-जो मन लाग्यो त्यहि बोलाउँछ,
बिचरा ति कर्मशील युवाहरुको बोलि
अनि प्रवासीको चित्कार,
क्षण भर मै बिलाउँछ !
भोजमा सोमरसको ककटेल बनाउँछ
अनि सबै कुरा यसले मज्जाले पचाउँछ !
मेरो दुतावासले क्याटरिङ्ग चलाउँछ !
अनि ९-९ महिनामा भोज लगाउँछ !!
-ऋषि आर. अधिकारी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्