×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीजकै दिन बञ्चराे प्रहार गरी श्रीमतीकाे हत्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तीजकै दिन बञ्चराे प्रहार गरी श्रीमतीकाे हत्या

Artha Sarokar

२१ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


बनेपा – घरायसी विवादले उग्र रुप लिँदा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ ।
काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला गाविस–४ का रामगोपाल तोलाङगेले श्रीमती विष्णुमाया तोलाङगेको तीजकै दिन आइतबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी दिए।
दिनहुँजसो मदिरा सेवन गर्ने रामगोपालले जेठी श्रीमतीको छोरालाई पैसा दिएको तर आफ्नो छोरालाई विदेश पठाउन पैसा नदिएको भन्ने विषयमा विवाद हुँदा सो घटना भएको थियो ।
विष्णुमाया उनका कान्छी श्रीमती हु्न । उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । यसैबीच जिल्लाको भुम्लुटार गाविस–६ मा ६४ वर्षीय वृद्ध तुलाराम तामाङको शव फेला परेको छ । उनको हत्या कसरी भएको भन्ने खुल्न सकेको छैन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी