Skip to content
LAXMI SUNRISE BANK

तीजकै दिन बञ्चराे प्रहार गरी श्रीमतीकाे हत्या

अर्थ सरोकार


बनेपा – घरायसी विवादले उग्र रुप लिँदा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ ।
काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला गाविस–४ का रामगोपाल तोलाङगेले श्रीमती विष्णुमाया तोलाङगेको तीजकै दिन आइतबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी दिए।
दिनहुँजसो मदिरा सेवन गर्ने रामगोपालले जेठी श्रीमतीको छोरालाई पैसा दिएको तर आफ्नो छोरालाई विदेश पठाउन पैसा नदिएको भन्ने विषयमा विवाद हुँदा सो घटना भएको थियो ।
विष्णुमाया उनका कान्छी श्रीमती हु्न । उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । यसैबीच जिल्लाको भुम्लुटार गाविस–६ मा ६४ वर्षीय वृद्ध तुलाराम तामाङको शव फेला परेको छ । उनको हत्या कसरी भएको भन्ने खुल्न सकेको छैन ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK