Skip to content
LAXMI SUNRISE BANK

ङादी ग्रुपको शेयर कारोबार खुल्यो, हेर्नुस कति तोकियो शेयर मूल्य ?

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज, नेप्सेमा ङादी ग्रुप पावर लिमिटेडको  शेयर कारोबार खुलेको छ। पहिलो दिनको कारोबारका लागी कम्पनीको शेयर मूल्य प्रतिकित्ता न्युनतम ९२ रुपैयाँदेखि अधिकतम २७७ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ।  बुधबार देखि नेप्सेमा शेयर कारोबार खुला गरिएको ङादी ग्रुप पावर लिमिटेडको शेयर कारोबारको कोड एनजिपिएल रहेको छ। 
कम्पनीले ९ करोड ७३ लाख रुपैयाँ बराबरको ९ लाख ७३ हजार ७ सय ३७ कित्ता साधारण शेयर सर्वसाधारणका लागी २०७२ चैत २१ देखि २५ सम्म निष्काशन गरेको थियो।     कम्पनीको चुक्तापूँजी ३४ करोड ८ लाख ७ हजार ५ सय रुपैयाँ रहेको छ । कम्पनीले लमजुङमा पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट विद्युत उत्पादन सुरु भइसकेको छ । कम्पनीको शेयर निश्कासक तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK