×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंक लुटिन बाट जोगियो, चौकीदारले दिए यस्तो बयान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल बैंक लुटिन बाट जोगियो, चौकीदारले दिए यस्तो बयान

Artha Sarokar

१८ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्युठान – नेपाल बैंक शाखा कार्यालय प्युठान लुट्ने प्रयास असफल भएको छ । साँझ बैंकका चौकीदारलाई स्पे्रमार्फत बेहोस बनाई बैंक लुट्ने प्रयास असफल भएको हो । लुटेरा कार्यालय समय सकिएपछि बैंकमा आफ्नो मोबाइल छुटेको बहाना बनाउँदै बैंकमा छिरेको बताइएको छ ।
घटनास्थलमा अहिले सहायक प्रजिअ भूपबहादुर पुनसहित जिप्रकाबाट बाक्लो मात्रामा सुरक्षाकर्मी आएका छन् । लुटेराले चौकीदारलाई बेहोस बनाउन नसकेपछि तत्काल भागेको बताइएको छ । लुटेराले साथमा लिएको अन्दाजी आठ थान बैंकको रुपैयाँ राख्ने ठाउँ काट्ने हेक्जाब्लेड, चार थान हातमा लगाइने पञ्जा लगायत बैंक लुट्नका लागि प्रयोग हुने सामग्रीसहितको झोला बैंकमै छाडेका छन् । चौकीदारले आफूमाथि एक्कासि आक्रमण भएकाले लुटेराको पहिचान गर्न नसकिएको बताएका छन् ।
नेपाल बैंक लिमिटेड प्युठान शाखाका प्रमुख विभागको तालिमका लागि भन्दै जिल्ला बाहिर रहेका छन् । त्यस्तै निमित्त कार्यालय प्रमुख पनि कार्यालय समयपछि घर गएका समयमा बैंक लुट्ने प्रयास भएको हो । बैंक लुट्नका लागि प्रयोग भएका सामानले गर्दा शृङ्खलाबद्ध तरिकाले बैंक लुट्न खोजिएको जस्तो देखिएको छ ।
बैंक लुट्ने प्रयास गर्नेमा कम्तीमा चारदेखि १० जनासम्मको संलग्न रहेको हुन सक्ने अनुमान गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी