×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन्द बन्द गरिंदैन ४०० बढी नेपाली चेलीका अश्लील भिडियो भएको पोर्न साइट ? (फलोअप नम्बर १)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

किन्द बन्द गरिंदैन ४०० बढी नेपाली चेलीका अश्लील भिडियो भएको पोर्न साइट ? (फलोअप नम्बर १)

१८ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ – ईन्टरनेटको माध्यमबाट हुने विभिन्न अपराधबारे धेरै जानकार छन् । नेपाल प्रहरीले पनि इन्टरनेटको माध्यमबाट अपराध गर्ने वा गैरकानुनी काम गर्नेहरूलाई बेलाबेला पक्रिने गरेको छ । तर इन्टरनेटमा खुलेआम अश्लीलताको व्यापार गरेर पैसा कमाउँदा पनि यसतर्फ भने कसैको ध्यान जान सकेको छैन । सन्दर्भ हो, एक नेपाली अश्लील साइटको । www.nepali****.net  डोमेन भएको यो साइट कोरियाबाट संचालन भएको छ । 

४०० बढी नेपाली अश्लील भिडियो
यो साइटले ४०० भन्दा बढी अश्लील नेपाली भिडियो संग्रहित गरिसकेको छ । नेपाली अलावा पाकिस्तानी र भारतीय अश्लील भिडियो पनि यो साइटले संग्रहित गरिसकेको छ । नेपालमा केही वर्ष अगाडि निकै नै चर्चामा आएको नम्रता श्रेष्ठको अश्लील भिडियोदेखि पछिल्लो समय कलेजका केटाकेटीहरूले बनाएको अश्लील भिडियोसमेत वेबसाइटमा संग्रहित भइसकेको छ । दैनिकजसो अपडेट हुने यो वेबसाइट विगत ४ बर्षदेखि सञ्चालन भइरहेको छ । जो कसैले सामान्य ‘लग इन’ गरेर अश्लील भिडियो राख्न मिल्ने भएकाले पनि साइट निरन्तर अपडेट भएको देखिन्छ ।
कसले संचालन गर्छ यस्तो वेबसाइट
प्राप्त जानकारीअनुसार रोजगारीका लागि कोरिया गएका एक नेपालीले यो साइट संचालन गरेका हुन् । ६ बर्ष अघि कोरिया गएका उनले यसबाट राम्रो आम्दानी गर्न थालेपछि साइटलाई व्यवसायिक रूपमै अगाडि बढाएका हुन् । सुरुवाती दिनमा कोरियाबाटै अपडेट हुने भएपनि हाल विश्वका कुनै पनि ठाउँबाट जो कसैले अश्लील भिडियो तथा फोटो अपलोड गर्न मिल्ने प्रविधि प्रयोग गरिएको हुनाले यस साइटमा नेपाली, हिन्दी र पाकिस्तानी भिडियोहरू अपलोड भएका छन् । आफूलाई साइट संचालकका साथी बताउने विकास लामा (नाम परिवर्तन) भन्छन् ‘साइट संचालकले मासिक रूपमा निकै राम्रो पैसा कमाउँछन् यो साइटबाट । त्यसैले पनि उनी यो साइटलाइ निरन्तरता दिने मनसायमा छन् ।’
कसरी हुन्छ कमाइ ?
‘यो साइटका थुप्रै ठाउँमा अन्य अश्लील साइटका बिज्ञापनहरू राखिएका छन् । उक्त बिज्ञापनमा क्लिक गरेको खण्डमा त्यसबापत साइट संचालकले पैसा कमाउने गरेका छन् ।’ लामाले सुनाए । उनी अगाडि भन्छन् ‘नेपालमा यो वेबसाइट नियमित हेर्ने दर्शक पनि छन् । कतिपय भिडियोहरू नेपालबाटै अपलोडसमेत भएका छन् ।’ उनका अनुसार नुहाउँदै गरेका, अश्लील शब्द प्रयोग भएका, विभिन्न स्क्याण्डल, लुकेर खिचिएका वा सहमतिमै खिचिएका अश्लील भिडियोहरू समेत साइटमा अपलोड भएका छन् । सबैजसो भिडियोका माथि, तल दायाँ र बायाँ स्थानमा विज्ञापन राखिएका हुनाले पनि साइटको कमाइ निकै राम्रो छ ।
अश्लील लेख्ने बन्द, देखाउने अझै संचालनमा
बिकास लामा अगाडि भन्छन्, ‘यसअघि विदेशबाट नै नेपाली अश्लील कथाहरू लेखिने साइट नीलोपाटी डटकम संचालनमा आएको थियो । तर त्यसको केही समयपछि उक्त डोमेन नेपालमा ’ब्लक’ भयो । तर विगत लामो समयदेखि संचालनमा आएको यो वेबसाइट भने अझै संचालनमा छ । उनका अनुसार संचालकले एक्लै साइट संचालन गर्न गाह्रो भएकाले पार्टनर गर्न समेत प्रस्ताव गरेका थिए । नेपालमा यो काम गैरकानुनी भएकाले आफूले उनको प्रस्ताव नमानेको बताउँदै उनले भने, ‘यस्ता साइटले गर्दा कतिको घर परिवार बिग्रिएको छ । नेपाल प्रहरीले यसबारे ध्यान दिनुपर्ने हो ।’
कानुनमा के छ ?
अश्लील वेबसाईट संचालन गरेमा कस्तो कारबाही हुने भने स्पष्ट व्यवस्था नभए पनि विद्युतीय कारोवार ऐन २०६३ मा कानुनले अवैधानिक ठहराएका सामाग्रीहरू इन्टरनेटमा राखेमा कानुनबमोजिम कारबाही हुने उल्लेख छ । अधिवक्ता जिबी आचार्य भन्छन्, ‘इन्टरनेटमा अश्लील सामग्री राखिनु कानुनविपरित हो । यस्तो गर्नेलाइ विद्युतीय कारोबार ऐनअनुसार वा सार्वजनिक मुद्दा लगाएर समेत कारबाहीको भागिदार बनाउन सकिन्छ ।’

यसबारे बुझ्न खोज्दा प्रहरी अपराध महाशाखा, टेकुका अनुसन्धान अधिकृत पशुपति रायले वेबसाइट नियमन तथा बन्द गर्ने छुट्टै निकाय भएको बताएका छन् । अश्लील वेबसाइट संचालन गर्नु साइबर अपराध भएको बताउँदै उनले वेबसाइट नियमन तथा बन्द गर्ने निकाय छुट्टै रहेको र गृह मन्त्रालयको निर्देशनमा वेबसाइटहरू बन्द गर्न सकिने बताएका छन् । वेबसाइट नियमन विभागमा कार्यरत निरन्जन सिलवालसँग भने सम्पर्क हुन सकेको छैन ।

यता आफ्ना अश्लील भिडियोहरु उक्त साइटमा अपलोड भएपछि कतिपय नेपाली चेलीहरुलाई भने रुनु न हाँस्नु भएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: