
- अर्थ सरोकार संबाददाता
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणको नयाँ एमडीमा कुलमान घिसीङलाइ नियुक्त गरिएको छ । प्राधिकरणको एमडी पदबाट मुकेशराज काफ्लेले राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कुलमान घिसीङ यसअघि चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक थिए । उनलाई सो कम्पनीमा काम गर्न नसकेको भन्दै नेपाल विद्युत प्रधिकरण सञ्चालक समितिको बैठकले उक्त जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । प्राधिकरणकै ११औ तहका कर्मचारी रहेका उनलाई हाल एमडी पद दिइएको छ ।
प्राधिकरणका कर्मचारीका अनुसार प्राधिकरणमा उनीभन्दा वरिष्ठ तहका कर्मचारी हुँदा हुँदै राजनीतिक आडमा उनलाई एमडी पदमा नियुक्त गरिएको हो । ‘ एक ठाउँमा असक्षम भइसकेका उनीलाई प्राधिकरणमा एमडीको पद दिएर गम्भीर गल्ती भएको छ । यसले प्राधिकारणलाइ फाइदा होइन घाटा हुन्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै प्राधिकरणका एक कर्मचारीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्