×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोबाइल फोनको सिमकार्डमा हुन्छ सुन, यसरी सकिन्छ निकाल्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मोबाइल फोनको सिमकार्डमा हुन्छ सुन, यसरी सकिन्छ निकाल्न

Artha Sarokar

५ आश्विन २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

टेलिकम कम्पनीहरूको प्रतिस्पर्धाले मोबाइल फोनको सिम कार्ड सागसब्जी भन्दा सस्तो भैसकेको छ । यस्ता सस्ता सिमकार्डमा महँगो धातु सुन हुन्छ भन्दा अनौठो मान्नुहोला । तपाईँको कपालको रौं भन्दा पातलो सुनको मात्रा यस्ता सिमकार्डमा हुन्छ ।
सुनमा हुने राम्रो इलेक्ट्रिकल कन्डक्टिभिटी र लचकताका कारण सिम कार्ड लगायत इलेक्ट्रोनिक्स उपकरणमा यसको प्रयोग हुने गरेको छ । कम्प्युटर मदरबोर्ड, प्रोसेसर, र्‌याम, एलसिडी टिभी, मोबाइलको बोर्ड लगायतमा सुनको प्रयोग हुन्छ ।
पुराना सिम कार्ड त्यसै फ्याँकिन्छन् । तिनलाई संकलन गर्दै जाने हो भने सानो परिमाण जोड्दै अलिकति भएपनि सुन जम्मा गर्न सक्नुहुन्छ । सिमकार्डबाट सुनलाई कसरी छुट्टाउन सकिन्छ त?
एजेन्सीहरूको सहयोगमा तयार पारिएको सुन निकाल्ने प्रकृया यस्तो छ ।
६० ग्राम तौल भएको सिमकार्डवाट सुन निकाल्न थाल्नुस्
१.  सिमकार्डहरूलाई कुनै कराईमा राखेर बढी आँचमा तताउने । यसरी तताउदा सिमकार्डमा भएको प्लाष्टिकहरू सबै जलेर खरानी हुन्छ । तपाईले माथीवाट आगो बालेर पनि सिमकार्डलाई जलाउन सक्नुहुन्छ ।
२. खरानी भएको सिमकार्डलाई बिस्तारै कुट्ने जसको कारण ठुला टुक्राहरू धुलोजस्तो हुन्छन् ।
३. उक्त धुलोलाई बिकरमा हालेर १ सय मिलिलिटर हाइड्रोलिक एसिड हालेर छोप्ने । उक्त घोललाई हल्का आँचमा तताउने । बिस्तारै तात्न थालेपछि त्यसमा १ दशमलब ५ मिलिलिटर नाईटि्रक एसिड हाल्ने अनि बिस्तारै तताउदै हल्लाई रहने ।
४. ३० मिनेट पछि ७५ मिलिलिटर हाईड्रोक्लोरिक एसिड र १ दशमलब ५ मिलिलिटर नाईटि्रक एसिड मिलाउने । यो मिलाएपछि विकरमा केही रासायनिक प्रतिक्रिया हुन थाल्छ ।
५. आगोलाई मिडियम रेन्जमा राखेर उक्त सामग्रीलाई तताउने । एक घन्टा पछि त्यसमा फेरी १ मिलिटिर नाईटि्रक एसिड हाल्ने अनि त्यहाँ पूनः रासायनिक प्रतिक्रिया हुनथाल्छ ।
६. त्यसमा फेरी ७५ मिलिलिटर हाइड्रोक्लोरिक एसिड र १ दशमलब ५ मिलिलिटर नाइटि्रक एसिड हालेर सबै घोललाई राम्ररी हल्लाउने । त्यसपछि उक्त घोल पहेलो रंगमा परिणत हुन थाल्छ ।
७. १५ मिनेट तताएपछि उक्त घोलको स्टेनोअस क्लोराईड परिक्षण गर्न कागजको सानो टुक्राहरूलाई घोलमा हालेर स्टेनोअस हाल्ने । जबसम्म सुनौलो रंग आउदैन तवसम्म तताउदैं उक्त परिक्षण गरिरहनुपर्छ । यदी यो रंग आएन भने पूनः १ दशमलब ५ मिलिलिटर नाइटि्रक एसिड मिलाउने हल्का आँचमा आधा घन्टा तताउने, त्यसको आधा घन्टा पछि १ मिलिटिर नाइटि्रक एसिड मिसाउने ।
८. तातेको उक्त केमिकललाई चिसो हुन दिने । चिसो बनाउन आइसको पनि प्रयोग गर्न सकिन्छ । सेलाएपछि छानेर अर्को बिकरमा हाल्ने र त्यसमा एमोनियम थायो साइनेट दुइ थोपा हाल्ने । यदी उक्त केमिकल रातो भएमा त्यसमा आईरनको मात्रा बढी छ भन्ने थाहा हुन्छ ।
९. उक्त घोललाई पूनः हल्का आँचमा ६ देखि ७ घन्टासम्म तताउने । यसरी तताउदा उक्त घोल १ सय मिलिटिर मात्र हुन्छ । उक्त घोलामा शुन्य दशमलब ५ मिलिलिटर हाइड्रोक्लोरिक एसिड मिलाउने र कागजको टुक्रा मिसाएर स्टेनोअस हालेर परिक्षण गर्ने । एक पटक फेरी उक्त घोलमा ३० मिलिलिटर हाइड्रोक्लोरिक एसिड मिसाएर १ घन्टासम्म तताउने । अनि घोललाई चिसो हुन दिने ।
१०. उक्त घोलमा एक चम्चा सोडियम मेटाबाईसल्फाइट हालेर घोल्ने र उक्त घोललाई कागजले छान्ने । छानेर रहेको कागजमा बोरेक्स पाउडर हालेर एक कराईमा बर्नरको मद्धतले तताउने । जबसम्म कराईमा मेटेरियल सकिदैन तबसम्म तताईरहने ।
११. मेटेरियल सकेपछि त्यसमा शुन्य दशमलब १ ग्रामका टुक्राहरु देखा पर्न थाल्छ । जुन सुन हो । यसलाई पानीमा हालेर चिसो हुन दिने । यदी एक किलो सिमकार्डलाई यो प्रोसेसवाट काम गर्ने हो भने करिब १ दशमलब ६४ ग्राम सुन आउँछ ।
  • क्लिकमान्डु
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी