×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिस्नुपानीको न्यूज लेख्दा आफैं ‘कमेडी’ बन्यो कान्तिपुर ! केपी ओलीलाई नेपाली काँग्रेसका अध्यक्ष भनेर लिखिदिएपछी बबाल !

PRIME CA
GLOBAL IME BANK

सिस्नुपानीको न्यूज लेख्दा आफैं ‘कमेडी’ बन्यो कान्तिपुर ! केपी ओलीलाई नेपाली काँग्रेसका अध्यक्ष भनेर लिखिदिएपछी बबाल !

१७ कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – कान्तिपुर । नेपालकै सबैभन्दा बढी विक्री हुने पत्रिका । तर पछिल्लो समय गुणस्तर खस्कंदै गएको भन्ने चर्चा चलिरहेका बेला कान्तिपुरका एकपछी अर्को गल्ती छताछुल्ल हुन थालेको छ । यसअघि मानव तस्करीको आसय जाने विज्ञापन छापेर समेत निकै विवादमा परेको कान्तिपुर अहिले एक समाचारको विषयलाई लिएर खुब विवादित बनेको छ । 
प्रसंग हो, गत कार्तिक १५ गते सोमबारको । सोमबारको अंकमा कान्तिपुरले छापेको पृष्ठ ८ को ‘देउसीमा जनकारवाही’ शीर्षकको समाचारमा केपी ओलीलाई नेपाली कांग्रेसका अध्यक्ष भनेर लेखिएको छ । सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रमका बारेमा लेखिएको समाचारमा यस्तो गम्भीर त्रुटी भएको हो । यसअघि पनि कान्तिपुरले कुमारी बैंकको समाचार ‘विदेश’ पृष्ठमा छ भनेर पाठकलाई ‘उल्लु’ बनाएको थियो ।
‘मिडियामा सकेसम्म गल्ती हुनुनै हुँदैन । त्यसमाथि पनि कान्तिपुरजस्तो बढी विक्री हुने पत्रिकाले नेपालको राजनीतिक क्षेत्रका नामहरुलाई यसरी गलत तरिकाले प्रस्तुत गर्नु निकैनै लज्जास्पद कुरा हो ।’ नेपालको मिडिया सम्बन्धी एक जानकारले अर्थ सरोकार डटकमलाई सुनाए ।
यता उक्त समाचार लेख्ने पत्रकार र प्रुफ हेर्नेसमेतलाइ कान्तिपुरले स्पष्टीकरण लिने बुझिएको छ । तिहारका बेला आफ्नो पत्रिकामा यस्तो भ्रामक समाचार आएपछि कान्तिपुरका मालिकसमेत ‘फायर’ भएर बसेको कान्तिपुर निकट स्रोतले अर्थ सरोकार डटकमलाई  बतायो ।
कान्तिपुरसम्बन्धी यी सामाग्री छुटे कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: