
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल राष्ट्र बैंक ले नयाँ २० रूपैयाँको नोट आजबाट चलन चल्तीमा ल्याएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै साविककै आकार तथा रंगमा तर साविक जनावरको चित्रको
सट्टामा बार्हसिंङ्गेको चित्र रहेको नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो ।
बैंकले ज /१६ ०००००१ देखि ञ/४० ९९९९९९ सम्मको नोट ल्याएको हो । नोटमा “नेपाल
सरकारको जमानत प्राप्त यसको रुपैंया“ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैंया“ २० रुपैयाँ बिस तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश लेखिएको छ ।
के के छन् बिशेषता ?
नोटको अग्र भागमा
१ . नोटको बाया तर्फ सगरमाथाको चित्र रहेको छ ।
२ . नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ ।
३ .नोटको तल्लो भागमा गभर्नर डा। चिरंजीबि नेपालको दस्तखत रहेको छ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा वि।सं। २०७२ लेखिएको छ।
नोटको पृष्ठ भागमा
१ .नोटको मध्य भागमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको छ ।
२ .नोटको मध्य भागमा बाहसिंङ्गेको चित्र रहेको छ, यसअघिको २० को नोटमा एउटा मृगको तस्बिर थियो।
३ .नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा RUPEES TWENTY लेखिएको ।
४ . नोटको तल्लो भागको बोर्डरमा नोटको Series Numberअंग्रेजीमा 2016 A.D. लेखिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्