
एजेन्सी – चीनका निर्देशकहरुको ओभरसिजमा प्रशंशा हुन्छ। चीनसँग फिल्म मेकिङको लामो परम्परा समेत छ। तर अहिलेसम्म चीनले विश्वव्यापी हिट चलचित्र बनाउन सकेको छैन्। तर अब छोटो समयमै चीनले ग्लोबल ब्लकबस्टर फिल्म पाउने आशा गरिएको छ। द ग्रेट वालु चीनमा सुटिङ गरिएको अहिलेसम्मकै खर्चिलो चलचित्र हो।
ग्रेटवाल अफ चाइनाको निर्माणका विषयमा यो चलचित्र केन्द्रित छ। ५५ सय माइल लामो ग्रेटवाल निर्माण गर्ने क्रममा के कस्ता चुनौतीहरु आउँछन्। १ हजार वर्षअघिको परिवेशमा आधारित रहेर चलचित्र निर्माण गरिएको छ।
चीनको सिनेक्षेत्रमा लिभिङ(ग्रेट मानिएका झाङ यीमोउले यस चलचित्रको निर्देशन गरेका छन्। यस चलचित्रमा थियाट्रिकल सेट र पोशाकका लागि धेरै नै खर्च गरिएको छ। म्याट डेमनले चीनियाँ महान् संस्कृतिमा आफुलाई ढालेका छन्।
म्याट डेमन
अमेरिकी सुपरस्टार माट डेमोन चीनियाँ संस्कृतिमा आधारित यस चलचित्रमा मुख्य नायक छन्। फरक संस्कृतिमा उनको भूमिकालाई लिएर विवाद समेत भएको छ। अब ग्रेट वाल नामक चलचित्र कस्तो होला। यहाँ लोकप्रिय चीनियाँ अभिनेता म्याट डेमनले अभिनय गरेका छन्,ट्वीटरमा चीनकै एक फिल्म मेकरले जोक गर्दै लेखका छन्।

तपाई चीनबाट हुनुहुन्छ। त्यो भए किन गोरो हुनुहुन्छरुु अर्का व्यक्तिले प्रतिक्रिया जनाएका छन्। यस चलचित्रमा डेमनको भूमिका के छ भन्ने विषयमा केही खुलेको छैन्। तर चीनमा डेमनको विरोध मात्रै भएको छ भन्ने होइन। निर्देशक झाङ यीमोउले चिनियाँ सामाग्रीलाई पश्चिमा चलचित्रमा पुर्याएकोु भन्दै चिनियाँहरुले उनको प्रशंशा समेत गरेका छन्।
यस विषयमा तपाईहरुले नै व्याख्या गर्दा हुन्छ। ममाथि आरोप लगाउन यो विषय सही हुन्छ वा हुदैंन भन्नेबारेमा मलाई थाहा छैन् डेमनले भनेका छन्।
छालालाई कहिल्यै पहिलो प्राथमिकतामा राख्दैनौ
अमेरिकी सुपरस्टारको भूमिका अमेरिकी तथा युरोपेली दर्शकहरुलाई फिल्मसँग प्रत्यक्ष जोड्नका लागि राखिएको धेरैको अनुमान छ। म्याट डेमनले एक विदेशीको भूमिका निभाएका छन्। जो चीनमा गन पाउडर चोर्नका लागि आएका हुन्छन्।
म्याटको भूमिकाबारे झाङले भनेका छन्,अवश्य पनि उनी विदेशी हुन्। निर्देशकका रुपमा हामीले कहिल्यै रंगभेदको विषयलाई पहिलो प्रश्न बनाउन मिल्दैन।
हामीले पहिला कथा हेर्नुपर्छ। कथा बगेको हुनुपर्छ। कथा राम्रो हुनुपर्छ। यस चलचित्र बनाउन कम्तिमा पनि १ सय मिलियन अमेरिकी डलर खर्च भएको छ। यो अमेरिकी र चीनियाँहरुको संयुक्त प्रयासमा तयार भएको चलचित्र हो।
चीन सरकारले विश्वव्यापी रुपमा आफ्नो सांस्कृतिक प्रभाव बढाउन यस्ता सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ। चीनमा नयाँ दर्शकहरुको खोजीमा हलिउड छ। चीनियाँ बजारको फाइदा लिन चाहन्छ। चीन हलिउडको चमत्कारलाई आफ्नो मौलिकतामा उपयोग गर्न चाहन्छ।
चीनले आफ्नो छुट्टै फिल्म उद्योग बनाउनका लागि हलिउडको सफ्ट पावरलाई प्रयोग गर्न खोजेको छ। हलिउडले शताब्दी अघिदेखि नै अमेरिकी मुल्य मान्यता र संस्कृतिका चलचित्रहरु विश्वभर फैलाएको छ। ग्रेटवाल यी दुबै पक्षबीचको सहकार्य हो।
यस चलचित्रले चिनियाँ संस्कृति र हलिउड मसालालाई उपयोगमा ल्याउने प्रयास गरेको छ। चिनियाँ र अन्तर्राष्ट्रिय दर्शकहरुलाई मनोरन्जन दिनका लागि हलिउड कलाकारको प्रयोग गरिएको छ। तर यस विषय माट डोमनको भूमिकासँग जोडिएको छैन्।यो सबै प्रोपोगान्डाका लागि हो भन्ने मलाई लाग्दैन।ु उनले भने,मलाई लाग्छ हाम्रो संसार निकै राम्रो ठाउँ हुन्छ। जब हामी एकअर्कासँग कुराकानी गर्छौ र एकअर्काको कलालाई एकसाथ ल्याउँछौ।, उनले भनेका छन्।
निर्देशकसँग १०० प्रतिशत स्वतन्त्रता हुदैँन
अमेरिकी / चिनियाँ संयुक्त लगानीको चलचित्र निर्देशन गर्न पाउनु सुखद अनुभव रहेको झाङ यीमोउको ठम्याइ छ। कम्युनिष्ट राष्ट्र चीनको राजनीतिक गम्भीरता बुझेका झाङले हलिउडको व्यापारिक दबाब समेत बुझे । यसपटक मैले के पत्ता लगाए भने हलिउडमा पनि थुप्रै सिमितता छन्। उनले भने,यो सिस्टम निर्माता र कम्पनीमा आधारित छ।
यदी सिर्जनशिलताको कुरा गर्नुहुन्छ भने मलाई लाग्छ संसारमा कुनै पनि निर्देशकले १ सय प्रतिशत स्वतन्त्रता पाउँदैनन्। निर्देशकको जागिर भनेकै सिमित परिवेशमा बसेर राम्रो गर्ने हो। बीबीसीबाट साभार गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्