×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कुरा सबैको सुनौं, बुझेर लगानी गरौँ…! यसकारण सेयर बजारमा अहिले लगानी नगर्ने कि ? (दुर्गा प्रसाद काफ्लेको ब्लग)

PRIME CA

‘कुरा सबैको सुनौं, बुझेर लगानी गरौँ…! यसकारण सेयर बजारमा अहिले लगानी नगर्ने कि ? (दुर्गा प्रसाद काफ्लेको ब्लग)

२४ पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • दुर्गा प्रसाद काफ्ले 

अहिले बजार घटीरहेको छ । घट्नुको कारण के हो मैले पटक पटक भन्दै आएको छु । तस्करहरुको चंगुलमा परेको बजार अझै बलियो हुने छाँटकाँट छैन । लगानीकर्तालाई जति झुक्याएपनि अनलाइन ट्रेडिङ, बैंकलाई लाइसेन्स दिने लगायतका काममा तस्करहरु ठूलो चलखेलमा लागिरहेका छन् । तपाईंको मेहेनतको लगानी जहाँ पाए त्यहीं लगानी गर्ने कुरा पनि हुँदैन । अव आफ्नो लगानीलाई व्यवस्थित बनाउन फरक तरिकाले सोच्ने बेला आएको छ ।     

५०० रुपैयाँ लगानी गरेर १०% किन खाने ? नेपाल टेलिकमको सेयरमा ७०० हालेर ४५ रुपैयाँ खानभन्दा ७०० बैंकमा राख्दा ८० रुपैयाँ आउँछ भने यसरी किन नसोच्ने ? नेपाल टेलिकमको सेयर वास्तवमा धेरै महँगो भयो । अहिले व्याजदरले नेपाल टेलिकमको रेट ४५० मा आउनुपर्ने हो । व्याजदर व्यापक बढेका बेला प्रतिफल कम हुने कुरा निश्चित छ । ‘रिटर्न’ भन्दा ब्याजदर पो बढी भयो त । त्यसैले अव बैंकमा पैसा राख्नेबारे पो सोच्ने कि ?    
व्याजदर बढेपछी बजार घट्नु सामान्य हो । यो बजारको नियम नै हो । तरलता अभाव छ । सरकारले पैसा खर्च गरेको छैन ।  ५ महिनादेखि ऋणका फाइलहरु बैंकमा अड्किएको छ । प्रतिफल हेरेर लगानी गरौँ । हो-हल्लामा नलागौं । कुरा सबैको सुनौं, लगानी आफैं सोचेर गरौँ । 
बैंकको पूँजी ८  अर्व पुगेपछि बैंकको ईपीएस सात देखि ३५ सम्म औंचा । पूँजी ८ अर्व पुगेपछि बैंकले दिने भनेको ५ द्केही ३० रुपैयाँ हो । यो भनेको ३०० रुपैयाँको व्याज हो । केहि बैंकहरुले त ८ अर्व पुगेपछि क्यास डिभीडेण्ड मात्र दिने पक्का छ । बैंकको व्याजदर हेरेर मात्र सेयर बजारमा लगानी गरौँ । आन्दोलनका भरमा केहि दिन बजार बढेको देखेर हौसिने काम नगरौं ।

‘यो दुर्गा काफ्लेको व्यक्तिगत विचार हो । बाँकी तपाईंकै मर्जी !’ 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: