
- इन्द्र राज सुवेदी
नेपाल लाइफ इन्स्योरेन्स नेपालको जीवन बीमा व्यवसायको अग्रणी कम्पनी हो । यस कम्पनीले आफ्नो पूँजीको स्वामित्व मिलाउनको लागि कुल पूँजीको १० प्रतिशत अर्थात् तीस लाख ९६ हजार चार सय २९ कित्ता साधारण सेयर मार्फत् आगामी यही पुष २६ देखि सार्वजनिक गर्नको लागि आव्हान् प्रकाशित गरेको छ ।
तर यो कम्पनीले जुन मितिमा सेयरको लागि आव्हान् गरेको छ, त्यो सिद्धान्तत अव्यावहारिक र सर्वसाधारण लगानीकर्ताको हित विपरित छ । नेपाल लाइफ इन्स्योरेन्सले जुन समयमा शेयरको लागि आव्हान् गरेको छ त्यसले केवल पुँजीको आव्हान् मात्र नभएर नेपालकै इतिहासमा पूँजी बजारको नयाँ इतिहास रच्ने आश्वा प्रणालीको शुरुवात गर्ने पहिलो कम्पनी बन्ने मौका चुकाउँदैछ ।
साधारण लगानीकर्तामाथि यसरी खेलवाड भएको अवस्था छ कि, यदि नेपाल लाइफले आव्हान गरेको मितिबाट करिब ३ दिन मात्र शेयर आव्हानको मिति परिवर्तन गरि माघ दुई गतेबाट नयाँ लागु गर्न लागेको ASBa system बाट शेयर आव्हान् गर्दा आव्हान बन्द गरेको २० दिन भित्र नै अर्थात् माघ २५ गते सम्ममा नै लगानीकर्ताले आफ्नो लगानीको हिस्सा प्राप्त गर्ने छन् भने अर्कोतिर ASBa system बाट आवेदन शुरु गर्दा हाल दरखास्त बुझाउनको लागि तोकिएको करिब १२० स्थानबाट मात्र नभएर हाल ब्क्द्यब् कथकतझ मा आबद्ध बैंक÷विकास बैंकका करिव ५०० भन्दा बढि शाखाबाट सो सेवा उपलब्ध गर्न सकिन्छ । त्यसैले गर्दा शेयर बजारमा नाफा लगानीकर्ता आकर्षण तथा नेपालमा लाइफ इन्स्योरेन्सको पेसामा साथै नेपाल लाइफ प्रतिको विश्वास अझै मजबुत हुने देखिन्छ ।
अर्कोतिर नेपाल लाइफ इन्स्योरेन्सले जुन मितिमा शेयरको आव्हान गरेको त्यो समय अर्धवार्षिक हिसाब मिलान ( Half year End of Fiscal Year ) भएको कारणले पनि वास्तविक लगानीकर्ता लाई पुँजीको जोहो गर्न गाह्रो हुने कारण, फेरिपनी यो अवसर शेयर बजारका ठूला खेलाडी भन्न पराउनेहरु र कालोबजारी गर्नेहरुको हात पुग्ने निश्चित प्रायः भइसकेको छ ।
अर्कोतिर नियामक निकायहरु जस्तै नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकको असामन्जस्यताका कारण अहिले बंैकहरुले भन्ने गरेको तरलता अभावलाई पनि थप बढावा दिने स्थिति आउँदैछ । यदि लगानीकर्ताले आव्हान गरेको कुल रकमको आठ गुणा बढीमात्र आवेदन दिंदा पनि ३५ अर्ब भन्दा बढी निष्काशन बैंक ( Bank to the issue ) मा जम्मा हुनेछ यसले अहिले बैंकहरुले भन्ने गरेको तरलता अभावलाई थप मद्दत पुग्नेछ भने बैंकहरुले व्याज वृद्धि गर्दा ऋण लिएर व्यापार गर्ने व्यवसायीलाई थप भार पर्न जानेछ ।
१. यदि हालको आव्हानलाई ३ दिन मात्र पर सार्ने हो भने ब्क्द्यब् कथकतझ को कारणले गर्दा लगानीकर्ताले सहज रुपमा लगानी गर्न पाउने छन् ।
२. आफ्नो खातामा नै पैसा होल्ड गर्ने भएकोले बैंकको तरलतामा असर गर्दैन ।
३. माघबाट नेपालभरि नै हितग्राही खाता ( Demate account ) अनिवार्य गरिने भएको कारण वास्तविक लगानी कर्ताले मात्र आवेदन दिन सक्नेछन् ।
४. ASBa system बाट आवेदन गर्दा आवेदन बन्द भएको करिव २० दिनमा नै बाँडफाँड काम सकिने हुँदा अहिलेको भन्दा करिव १ महिना पहिला नै लगानीकर्ताले आफुलाई कम्पनीको हिस्सेदारको परिचय दिन पाउँछन् ।
५. अहिले बंैकमा बचत खाताको व्याज ४–५ प्रतिशत पुगेको अवस्थामा शेयरको आवेदन दिन जम्मा गरेको पैसाबाट ब्याजको प्रतिफलबाट लगानीकर्ता लाभान्वित हुनेछन् ।
६. पुस मसान्तपछि निष्कासन गर्दा साना लगानीकर्ताले पैसाको जोहो गर्न सक्नेछन् ।
७. “डिमम्याट खाता” मा आवेदन लिने व्यवस्था अनिवार्य गरिने भएको कारणले लगानीकर्तालाई कारोबारमा सहज तथा निष्काशन कम्पनीलाई पनि प्रमाणपत्र छाप्नुपर्ने व्ययभार हुनेछैन ।
८. ब्क्द्यब् कथकतझ बाट आवेदन लिंदा वास्तविक लगानीकर्ताको हातमा शेयर पुग्ने छ जसबाट भविष्यमा नेपाल लाईफको शेयरमा चलखेल हुने सम्भावना कम हुनेछ ।
तसर्थः पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले यस कुरामा ध्यान दिंदै नेपाल लाईफ इन्स्योरेन्सको शेयर निष्कासन प्रकिया रोक्नुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्