×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति दाहालको अभिव्यक्तिप्रति मेरो प्रतिकिया !

PRIME CA

ज्योति दाहालको अभिव्यक्तिप्रति मेरो प्रतिकिया !

२२ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

त्यसो त व्यक्तिगत कुरालाई लिएर त्यति कलम चलाउन मन लाग्दैन तर किन किन मनले मानेन । ज्योती दाहालज्युले ‘दुर्गामाथी मुद्दा लागे त्यसको प्रतिबाद गर्ने’ भनेर सार्बजनिक रुपमै भन्नुभयो । उहाँले आफुले पाएको अधिकारलाई प्रयोग गर्नु भएको छ ।  म त्यसलाई सम्मान गर्छु । हो,  कानुनले बोल्ने स्वतन्त्रता दिएको छ हामीलाई । यो अधिकारबाट हामी बन्चित हुनुहुँदैन ।  र कसैले बन्चित गर्न पनि सक्दैन । 
के यसो भन्दैमा अरुलाई मानसिक पिडा दिने गरी बोल्ने अधिकार कानुनले हामीलाई दिएको छ र ? हामी आफ्नो घरमा बोल्न पाउछौ तर यती सम्म छ कि हाम्रो घरको आवाजले हाम्रै छिमेकी घरको मान्छेलाई असर गर्नेगरी बोल्ने अधिकार कानुनले हामिलाई दिएको छैन । दुर्गाजीले बारम्बर एउटै कुरा दिनमा दर्जनभन्दा बेशी सामाजिक सन्जालमा लेख्नुको मनशाय के हो ? 
यदी लगानीकर्तालाई सुसुचित गर्नु थियो भने स्पस्ट आधार सहित लेख्न सक्नु हुन्थ्यो र लगानीकर्ता नफसुन भन्ने थियो भने केहि महिना अगाडी जती बेला नेप्से १५०० को हाराहारिमा हुँदा किन किनेर नफसौ भनेर लेख्न सक्नु भएन ? बजार करेक्सनको चक्रमा आउदा गर्दा ‘बजार उत्तानो हुँदै’ ‘क्र्याश हुँदै’ ‘ डामाडोल हुँदै’ जस्ता शब्द प्रयोग गरेर नबप्रबेशिलाई त्रासको बातावरण देखाइ निश्चित समुहको स्वार्थ प्राप्तिको लागी दुर्गाजीले काम गर्दै हुनुहुन्छ भन्ने स्पस्ट छ । यसो भन्दैमा म उहालाई मुद्दा हाल्नै पर्छ भन्ने पक्षमा पनि छैन ।
मेरो व्यक्तिगत बिचारमा ज्योती सरले दिनु भएको अभिब्यक्ती निकै नै सतही लागयो ।Law of natural Justice को बारेमा ज्योती सर जस्ता दिग्गजलाई धेरै नै थाहा होला । Natural Justice ले यही ‘मनशाय’ लाई सम्बोधन गर्छ जस्तो लाग्छ । Natural Justice means duty to act fairly.
अन्तमा ज्योति सरलाई मेरो प्रश्न :
१) बोल्ने अधिकार छ भन्दैमा छिमेकिको घर अगाडी गएर कराउने अधिकार कुन कानुनले दिएको छ ?
२) दुर्गाजिलाई मुद्दा हाल्ने हल्लाकै पछी लागेर तपाईंजस्तो बिज्ञले हतारीएर सामाजिक सन्जालमा सतही कुरा लेख्नुको पछाडी के के कारण हुन सक्छन ?
३) ब्रोकरले खरिद आदेश लिन गार्हो मान्नु, दुर्गाजिको सामाजिक सन्जालामा त्यो हर्कत अनि तपाईं चाही बैन्कलाई ब्रोकर लाईसेन्स दिनै हुँदैन र दुर्गाजिको पक्षमा वकालत गर्छु भन्नु के सम्योग मात्र हुन सक्छ ?
४) दुर्गाजिको मनसाय ठिक थियो भने के बाकी लगानिकर्ताको आशय गलत हो ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: