×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्कमुलुक भरी चीनको प्रभाव बढेको भन्दै भारत चिन्तित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सार्कमुलुक भरी चीनको प्रभाव बढेको भन्दै भारत चिन्तित

२१ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – भारतको एक अग्रणी थिङ्क ट्याङकले सार्क सदस्य राष्ट्रहरु त्यसमा पनि विशेषगरी नेपालमा चीनको सक्रिय भूमिका बढ्दै गएको निष्कर्ष निकालेको छ । भारत सरकारनिकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनको एक अध्ययनमा सार्क सदस्यहरुको भारतसँग भन्दा पनि चीनसँग बलियो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख गरिएको छ ।
भारत सरकारसँग निकट रहेको भनिएको सो संस्थाको मुख्य हर्ताकर्ता नेपालका लागि पूर्वभारतीय राजदुत श्यामशरण हुन् । सो अध्ययन बुधबार मात्र सार्वजनिक गरिएको हो । सो संस्थामा सिनियर फेलोको रुपमा कार्यरत जयश्री सेनगुप्ताले सार्कको बारेमा तयार पारेको प्रतिवदेनमा सार्क मुलुकहरुमध्ये पनि विशेषगरी नेपालमा चीनको प्रभाव बढेको समेत उल्लेख गरिएको छ ।
सो लेखमा भनिएको छ, ‘नेपाल विशेषगरी चीनसँग नजिक हुँदै गएको छ र नेपालमा चीनले ठूलो मात्रामा लगानी गरिहेको छ ।’ सो लेखमा गत वर्ष नेपालमा प्रधानमन्त्री केपी ओलीले चीनको भ्रमण गर्दा १० वटा समझदारी पत्रमा हस्ताक्षर गरेको र विशेषगरी आर्थिक सहकार्यमा केन्द्रित रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा भूकम्पपछि चीनले नेपाललाई गरेको आर्थिक सहयोगका सम्बन्धमा समेत केन्द्रित रहेको छ ।
सो लेखमा मात्र होइन, नेपालमा चीनको प्रभाव बढ्दै गएकोमा भारतको राजनीतिक दल तथा कर्मचारी तहमा पछिल्ला दिनहरुमा निकै चिन्ता बढेको देखिन्छ । यतिमात्र होइन, सार्कका अन्य मुलुकहरुमा समेत सार्कको प्रभाव बढेको निर्क्यौल निकालिएको छ । बंगलादेशले पनि ठूलो मात्रामा चीनबाट ऋण पाउँदै गएको उल्लेख गरिएको छ ।
सो अध्ययनका अनुसार चीनले बंगलादेशलाई २१ विलियन अमेरिकी डलरको ऋण उपलब्ध गराएको छ भने भारतले जम्मा २ विलियन अमेरिकी डलर मात्र । सो आलेखका अनुसार बंगलादेशको एक नम्बरको व्यापारिक साझेदार चीन हो र पूर्वाधार निर्माणका अनेकौं परियोजनाहरु बारेमा दुई देश बीचमा समझदारी पत्रमा हस्ताक्षर भएका छन् । त्यसैगरी पाकिस्तानमा पनि चीनको प्रभाव बढेको र झण्डै ४६ विलियन अमेरिकी डलर खर्च गरिरहेको उल्लेख गरिएको छ । विशेषत चीन–पाकिस्तान इकोनोमिक करिडोरप्रति भारतले आपत्ति जनाइरहेको छ । तर, चीन र पाकिस्तानले भने यसलाई जसरी पनि अगाडि बढाउने बताइरहेको छ ।
त्यसैगरी, सो लेखमा चीनले श्रीलंकामा कोलोम्वो पोर्ट सिटी निर्माणका १।४ विलियन अमेरिकी डलर गरिरहेको उल्लेख गरिएको छ । सन् २००५ देखि चीनको सहयोगका पूर्वाधारहरुको निर्माण भइरहेको उल्लेख गरिएको छ ।
सन् २०१६ मा चीनका राष्ट्रपतिले पहिलोपटक माल्दिभ्सको भ्रमण गरेका थिए । सो आलेखमा अगाडि भनिएको छ, ‘चीनका राष्ट्रपतिले वान रोड वान वेल्टको अवधारणलाई अगाडि बढाउन दक्षिण एसियाको भ्रमण गरेका थिए । चीनले माल्दिभ्सको इन्टरनेसनल एयरपोर्ट अपग्रेड गरिरहेको छ ।’ सुरुमा सो परियोजना भारतको एक कम्पनीले गर्ने सम्झौता भए पनि सन् २०१२ मा सम्झौता रद्द भएको थियो र पछि चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो ।
सो लेख अनुसार यस अगाडि काठमाडौंमा भएको सार्क सम्मेलनमा चीनलाई सार्कको पूर्ण सदस्य बनाउने विषयमा छलफल भए पनि भारतले नमानेका कारण त्यसो हुन सकेको थिएन । लेखमा सार्क कसरी अगाडि बढ्छ भन्ने विषय भारतीय प्रधानमन्त्रीको क्षेत्रीय सहकार्यलाई कसरी अगाडि बढाउने भन्ने इच्छा र भारतका छिमेकी मुलुकहरुसँगको सम्बन्ध सन् २०१७ मा कस्तो हुन्छ त्यसमा निर्भर हुने उल्लेख गरिएको छ । सार्कलाई ब्यूताउन तथा सक्रिय पार्न पाकिस्तानको सहयोग अपरिहार्य रहने समेत उल्लेख गरिएको छ ।
संस्थाको अध्ययनमा सन् २०१७ मा पनि सार्क सम्मेलन हुने कुरा यकिन नभएको उल्लेख गरिएको छ । भारतले सार्कको विकल्प नै चाहेको छ भन्ने चर्चा चलिरहेको सन्दर्भमा अध्ययन पनि सार्कको पुनर्गठन आवश्यक रहेको बताइएको छ । अध्ययनमा भारत र पाकिस्तानबीचको द्वन्द्व र पाकिस्तानको चीनसँगको बढ्दो सामिप्यलाई उल्लेख गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: