×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

FSU Election Express : स्ववियु निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित, विप्लव माओवादी निकट अखिल क्रान्तिकारी पनि सहभागी हुने

PRIME CA

FSU Election Express : स्ववियु निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित, विप्लव माओवादी निकट अखिल क्रान्तिकारी पनि सहभागी हुने

७ फाल्गुन २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौ – स्ववियुको नयाँ निर्वाचन तालिका प्रकाशित भएको छ । शुक्रबार नयाँ तालिका प्रकाशित भएको हो। नयाँ कार्यतालिकाअनुसार स्ववियुको निर्वाचन प्रक्रिया ११ फागुनबाट सुरु हुनेछ । ११ फागुनमा निर्वाचन मतदानमा सहभागीको मतदाताको सूची प्रकाशन गरिने, १२ गते प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिनेछ । यस्तै, १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १८ गते मतदान हुनेछ । 
यसअघि विप्लव माओवादी निकट अखिल क्रान्तिकारीसहितका विभिन्न ६ विद्यार्थी संगठनको विरोधका कारण त्रिविका सबै क्याम्पसहरुमा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको थिएन । बिहीबार विप्लव माओवादी निकट अखिल क्रान्तिकारीसँग प्रमुख दलका विद्यार्थी संगठनहरुले सहमति गरेपछि नयाँ निर्वाचन तालिका सुरु गरिएको हो ।
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: