
- प्रनिश थापा / अर्थ सरोकार डटकम
चितवन – तीन वर्ष हुँदा समेत दूधको मूुल्य वृद्धि हुन नसकेको भन्दै दुग्ध उत्पादक किसानहरुले प्रत्यक्ष लाभ हुने गरी दूधको मूल्य बढाउन माग गरेका छन् । तीन वर्ष अघि सरकारले किसानलाई ६९ प्रतिशत र व्यवसायी लाई रु ३१ प्रतिशत पाउने गरी दूधको मूल्य रु ८ले वृद्धि गरेका थिए ।
चितवनको भरतपुरमा भएको केन्द्रीय समिति को बैठकले दुग्धको मूल्य बढ्नुपर्ने जोड राखेका हुन् पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले प्रतिलिटर १५ रुपैयाँले दुघको मूल्य वृद्धि , कृषकलाई सहुलियत ऋण उपलव्ध हुनुपर्ने, प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रममा पशुपालनलाई समावेश गरिनुपर्ने, पशु विमा कार्यक्रमलाई प्रभावकारी बनाई किसानको हकहितमा बनाइनुपर्ने , किसानलाई सहभागी गराएर धुलो दूध उत्पादन कारखाना चलाउनु पर्ने, कृषि अनुदान वृद्धि गरी किसानले सोझै पाउने व्यवस्था गर्नुपर्ने, उपकरण खरिदमा ९० प्रतिशत अनुदान दिनुपर्ने, ढुवानी साधन लाई भन्सार छुट दिनुपर्ने, अनुत्पादक वस्तु हरुको वैज्ञानिक व्यवस्थापन गर्नुुपर्ने लगायतका माग पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
‘दुग्ध विकास संस्था र निजी डेरीहरुले अहिले दिँदै आएको मूल्यले लागत खर्च समेत उठाउन नसक्ने परिस्थिति आएकोले बाध्य भएर दूधको मूल्य बढाउन माग गरेका हौं’ – अध्यक्ष न्यूरेले भने । अहिले किसानले प्रतिलिटर रु ४५ मा दूध बिक्री गर्दै आएका छन् । त्यही दूध फ्याट निकालेर डेरी तथा संस्थाले रु ६५ रुपैयाँमा बिक्री गर्दै आएको छ । फ्याटको छुट्टै मूल्य पाउँछ । यसरी हेर्दा किसानले भन्दा अन्य व्यवसायी एवम् संस्थाले झण्डै एकसय प्रतिशत नै नाफा पाइरहेको देखिएको समाजका अध्यक्ष न्यूरे बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्