
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाइएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको आरोप लगाए ।
लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र अरुले त्यसको विरोध पनि गर्न पाउने हुँदाहुँदै मधेसी मोर्चाका कार्यकर्तालाई छानी–छानी टाउकोमा गोली हान्नुले घटना योजनाबद्ध रहेको पुष्टि हुने उनको तर्क छ । साथै यादवले सप्तरी घटनामा आफूहरुको सामूहिक हत्या गर्ने प्रयास भएको भनेर एमालेले भ्रमक प्रचार गरेको गुनासो पनि गरे ।
स्थानीय तहको निर्वाचन हुन नसक्ने जिकिर गर्दै उनले संविधान निर्माणमा भएको त्रुटी नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने ठोकुवा गरे । स्थानीय संरचनाको टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको उनको तर्क छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्