Skip to content
LAXMI SUNRISE BANK

गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – राष्ट्र बैंकले सवारी साधनको आयात बढेको भन्दै कर्जामा ५० प्रतिशत सीमा तोक्नु, हुन्डाईको एउटा ‘टक्सन’ गाडी बेच्दा २५ लाखभन्दा बढी कम्पनीले कुम्ल्याउने गरेको जनताले थाहा पाउनु लगायतका विविध कारणले हुन्डाई कम्पनीको गाडी नै बिक्न छाडेपछि नेपालका लागि हुन्डार्इ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले २० प्रतिशत तीन महिनापछि दिएर अहिलेनै गाडी किन्न सकिने नौटंकी योजना ल्याएर जनतालाई फसाउन अको ‘पासा’ फालेको छ । एउटा टक्सन बेच्दा २५ लाख कुम्ल्याउने गरेको हुन्डाईका लागि यस्ता योजना जुन हदसम्म ल्याएपनि खासै फरक पर्दैन । 
हुन्डाई कम्पनीको गाडी बेच्ने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनता ठग्ने गरेको समाचार अर्थ सरोकार डटकमले निरन्तर प्रकाशन गरेपछि अहिले उक्त कम्पनीको व्यापार स्वात्तै घटेको छ । यसमाथि नेपाल राष्ट्र बैंकले गाडी कर्जाको सीमा पचास प्रतिशत तोकेपछि कम्पनेको बिक्रीमा भारी गिरावट आएको छ । नेपाली कम्पनीले सोझा नेपलीलाइ नै ठग्ने कामलाइ साथ दिन नहुने भन्दै जनता जागेपछि हुन्डाई कम्पनीको गाडीको विक्रीमा भारी गिरावट आएको हो ।

यस्तो छ नौटंकी योजना !
जनताको आँखामा छारो हाल्न खोजेको लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार उक्त योजना अनुसार हुन्डार्इको कुनैपनि गाडी पचास प्रतिशत बैंक, ३० प्रतिशत डाउन पेमेन्ट र २० प्रतिशत तीन महिनापछि भूक्तानी गरेर किन्न सकिन्छ । एउटा गाडीमा नै भरपुर फाइदा हुने हुनाले यस्ता योजना जनता ठग्ने काइदा बाहेक केहि पनि नभएको सरोकारवालाहरुको आरोप छ । यसअघि पनि यहि कम्पनीले सुन्य ब्याजमा गाडी किन्न पाउने भन्दै नयाँ बर्षको बहानामा स्किम ल्याएको थियो । तर उक्त कम्पनीले जनता ठगिरहेको छ भन्ने थाहा पाएका जनताले उक्त सिक्मलाइ खास मतलव नदिएपछि उक्त स्किम फ्लप भएको थियो ।

अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK