Skip to content
LAXMI SUNRISE BANK

होसियार ! स्किमको लोभमा फस्नुहोला नि ! भूकम्प पीडीतहरुलाई ‘लुट्न’ हुन्डाईले ल्यायो यस्तो योजना

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – देशको विद्यमान कानुनविपरित नाफा राखी गाडी बेच्ने काम गरिरहेको र पावर र पैसाका आडमा कसैले छुन नसकेको कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले भूकम्प पीडितका नाममापनि लुट मच्चाउने भएको छ । कालोबजारी ऐन विपरित गाडीहरु बेचिरहेको र पछिल्लो समय अत्याधिक ग्राहकहरुको गुनासो आइरहेको हुन्डाईको गाडी बेच्ने नेपालको कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले भूकम्प पीडितको ट्याक्सीलार्इ लक्षित गर्दै हुन्डार्इको ‘इयोन’ गाडीको खरीदमा एक जनालार्इ शतप्रतिशत रकम फिर्ता दिने योजना ल्याएर बाँकी भूकम्पपीडीतहरुलाई ठग्ने प्रयास गरेको छ ।
हुन्डाईको गाडी बेच्दा कम्पनीले मोटो रकम नाफा राख्ने गरेको छ । अर्थ सरोकार डटकमले निरन्तर रुपमा हुन्डाईको यो कर्तुतलाई जनतासामु धारावाहिक रुपमा ल्याएपछी पछिल्लो समय हुन्डाईको गाडी किन्न खोज्नेहरुकै संख्या घटेको छ । यसरी गाडी किन्नेहरुकै संख्या घटेपछी कम्पनीले विभिन्न स्किमका नाममा जनता लोभ्याएर आफ्नो ठगी धन्दा जारी राख्ने काम गरिरहेको छ ।
केहि समयअगाडी यातायात व्यवस्था विभागले चिठ्ठामार्फत १५ सय भूकम्प पीडितलार्इ दिने भनिएको ट्याक्सीको छनौंट गरेको थियो । एक जनालाई पुरै शुल्क फिर्ता गर्ने कुराले भूकम्प पीडीतहरु नापल्केलान् कि भनेर कम्पनीले आकर्षक छुट, एक वर्ष निशुल्क सर्भिसिङ, एक वर्ष वारेन्टी,वित्तिय तथा बीमा सुविधा र सम्पूर्ण कानुनी प्रकिया पूरा गरिदिने लगायतका पाशाहरुपनि थापीरहेको छ । तर गाडी बेच्दानै अत्याधिक नाफा राख्ने हुनाले यो स्किम खरिदकर्ताहरुलाई महँगो नै सावित हुने जानकारहरु बताउँछन् ।
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर ११
महिन्द्रा KUV100 गाडी: एक्लै चढ्न ‘सानदार’, तर बालबालिकाका लागि ‘असुरक्षित’ ! 

अपरेशन नम्बर १०
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK