
कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका बागलुङको काठेखोला गाउँपालिका–८ कादेशका १८ बर्षीय सुनिल पुन ८ दिनपछि मृत अवस्थामा फेला परेका छन् । बागलुङबाट पर्वततर्फ ट्याक्सीमा जाँदै गरेका उनी प्रहरीले पक्राउ गर्ने क्रममा भागेर गत जेठ २३ गते साँझ नदीमा बेपत्ता भएका थिए । हाम फालिएको भनिएको मालढुङ्गा पुलबाट करिब दुई सय मिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मालढुङ्गा चेकपोष्टमा पुग्दै गर्दा लागुपदार्थ दुव्र्यसनीमा संलग्न भएको आंशकामा सोधपुछ गर्न थालेपछि पुन ट्याक्सीबाट निक्लेर भागेका थिए । भाग्ने क्रममा प्रहरी र म्यादी प्रहरीले पछ्याएपछि आत्तिएर नदीमा हाम फालेका पुन बेपत्ता भएकाे ८ दिनपछि मृत अवस्थामा फेला परेका हुन् ।
पुन जिल्ला सदरमुकामस्थित अमृत आदर्श उच्च माद्यमिक बिद्यालयमा गत बर्ष एसएलसी दिएर बसेका थिए। सशस्त्र प्रहरी बल (एपिएफ), तालिम प्राप्त गोताखोर टोली र स्थानीय युवाहरुले दैनिक खोजी कार्य जारी राखे पनि बेपत्ता पुन अाज फेला परेका हुन्र ।
ट्याक्सीमा पुनसँगै रहेका चालक मकवानापुरका भिमसेन लामा र बागलुङ नगरपालिका— २ का दिपेन्द्र कार्कीलाई भने प्रहरीले सोही स्थानबाट नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पक्राउ गरे लगत्तै लामा र कार्कीको फोन एसएमएसका आधारमा भारत महाराजगञ्जका १८ बर्षिय दिपेन्द्र हरिजनलाई बागलुङ नगरपालिका—१ रामरेखाबाट तीन सय एम्पुल सहित प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीको गम्भिर लापरवाहीबाट निर्दोष युवा बेपत्ता भएको, उद्धार तथा खोजी कार्यमा प्रहरी प्रशासनले गम्भिरता नदेखाएको भन्दै आक्रोशित पुनका आफन्त र शुभेच्छुकले दुई दिन बागलुङ बन्द समेत गरेका थिए । तर बन्दका कारण खोजी कार्य प्रभावित भएको र चौतर्फी बन्दको आलोचनाभएपछि दोस्रो दिन बिहान ११ बजे बन्दको कार्यक्रम स्थगित गरिएको थियो ।
पर्वतको सहर्षधारामा ‘ट्याक्सी धुन जाम्’ भनेर साथी लिन आएपछि घरबाट आमासँग ‘खाजा खाएर फर्किन्छु’ भन्दै बाहिर निक्लिएका पुन मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिएपछि आफन्त आक्रोशित बनेका छन् । ‘यदी गल्ती नै गरेको भए पनि हाम फाल्न बाध्य पार्ने अवस्था सिर्जना गर्नुहुन्थेन, त्यहाँबाट भागे पनि कहि जान्थेन, उतिखेरै समाउन सकिन्थ्यो,’ मृतक पुनका छामा भिमकली पुनले भन्नुभयो, ‘त्रासले नदीमा हाम फालेपछि पनि ढुङ्गामा समाएर निक्लिन खोज्दै रहेछ, फेरी प्रहरीले ढुङ्गाले हानेर, म निकाल्न सक्छु भनेर स्थानीय युवाहरुले भन्दा पनि नजान आदेश दिइएको पाइएको छ, यसको गम्भिर अनुसन्धान र यसमा संलग्नलाई कडा कारवाही हुनुपर्छ ।’
मृतक पुनले प्रहरी कष्टडी भन्दा किन नदी रोजे भन्ने बारेमा गहिरो अनुसन्धान आवश्यक रहेको स्थानीय तेजेन्द्र थापाले बताउनुभयो ।
यस घटनामा प्रहरीले आफ्नो केही कमजोरी भएको स्वीकार गरेको छ । तर, नदीमै हाम फाल्ने गरी पछ्याएको भन्ने कुरा झुटो भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक अनिल खड्काले बताउनुभयो ।
‘प्रहरीले शंका लागेपछि सोधपुछ गर्ने बिषय सामान्य र स्वभाविक हो, शौचालयमा गए पछि किन नदीमा हाम फाले ? यसमा हामी पनि अनुसन्धान गरिरहेका छौ,’ उहाँले भन्नुभयो, ‘घटनाका बेलामा मालढुङ्गा चेकपोष्टमा रहेका सबै प्रहरीलाई जिल्लामा तानेर आन्तरिक अनुसन्धान पनि गरिरहेका छौ, यसमा प्रहरी सम्लग्नता र उनीहरुको लागुपदार्थ दुव्र्यसन प्रयोग र ओसार पसार दुवै बिषयमा गहिरो अनुसन्धान गर्छौ, दोषी देखिए कारवाही हुन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्