आज मिति २०७४ साल जेठ ३० गते मंगलबार बिहान अर्थ सरोकार डटकममा प्रकाशित समाचार ‘पक्राउ पर्ने डरले रामशरण महत बेपत्ता, ४ अर्ब राजश्व मिनाहा गरेर ४ करोड लिएको खुलासा!’ शीर्षकको समाचार गलत पुष्टि भएको छ । यसले हाम्रा सम्पूर्ण पाठक र अन्य सरोकारवालाहरुलाई पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौं ।
साथै उक्त समाचारमा सम्बन्धित नेपालका पूर्वअर्थमन्त्री राम शरण महतको चरित्र हत्या गर्ने कुनैपनि मनसाय नभएको स्पष्ट पार्न चाहान्छौं ।
हरेक पटक जसो समाचारको विश्वसनीय स्रोत खोज्ने हामी यहि समाचारमा चुक्यौं ! हाम्रा पाठकवर्गले यसलाई यहि रुपमा हेरिदिनुहुनेछ भन्ने आश गरेका छौं ।
सुरज प्याकुरेल
सम्पादक, अर्थ सरोकार डटकम
अर्थ सरोकार डटकमलाई प्राप्त भएको खण्डनपत्र

गलत पुष्टि भएको समाचार
अर्बौँ घोटाला गरेको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्वविभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेपछि तत्कालीन कर फछर्यौट आयोगका अध्यक्ष बेपत्ता भएका छन् । अख्तियारले हिरासतमा लिएका शर्माबाट पोल खुल्न सक्ने डरमा कर फछर्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत बेपत्ता भएका हुन् । महत पक्राउ पर्न सक्ने डरले विदेश भागेको बुझिएको छ ।
हिरासतमा रहेका शर्माको प्रारम्भिक वयानमा कम्तिमा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना भएको देखिएको छ । शर्माले उपलब्ध गराएका ८७ वटा फाइलबाट मात्रै यति धेरै घोटाला भएको देखिएको हो । आयोगले अहिलेसम्म कर फछर्यौट आयोगले गरेका निर्णयका १ हजार ७८ फाइलमध्ये ८७ वटा मात्रै अध्ययन गर्दा यस्तो भेटिएको हो । अनुसन्धानका क्रममा अन्य धेरै फाइल अध्ययन गर्न बाँकी रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ४० अर्ब ८३ करोड बढि कर फछर्यौटको निर्णय गर्दा राज्यकोषमा जानुपर्ने २१ अर्ब रुपैयाँ छुट दिएको देखिएको छ । यो राज्य कोषमा देखिनु पर्ने तर, नदेखिएको रकम हो । र, यसलाई नै शंकाको घेरामा राखेर अख्तियारले अनुसन्धान गरिरहेको छ ।
शर्माले गरेको घोटालाको प्रकृति हालसम्मकै नौलो प्रकारको रहेको अख्तियारका एक उच्च अधिकारीले बताएका छन् । धेरै प्राविधिक जटिलताभित्र भ्रष्ट्राचार भएको देखिएको उनले बताए ।
यसैबीच अख्तियारले कर फछर्यौट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकाललाई पनि आयोगमा हाजिर हुन पत्र काटेको छ । उनीहरुलाई तीन दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भन्दै आइतबार पत्र काटिएको हो । तर महतका परिवारले उनी विरामी भएर विदेशमा रहेको जनाएका छन् ।
हिरासतमा रहेका शर्मा भने विरामी भएको नाटक गरिरहेका छन् । उनले बारम्बार अस्पताल जान भन्ने गरेको र दिनमा तीनपटकसम्म अस्पताल पुर्याइएको अख्तियारका एक अधिकारीले जानकारी दिएका छन् ।
वीर अस्पतालमा भएको स्वास्थ्य परिक्षणमा उनको स्वास्थ्य स्थिती सामान्य देखिएको थियो । एउटा व्यापारिक फर्मले ४ अर्ब रुपैयाँ राजस्व तिर्नुपर्ने देखिएकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीले जम्मा ४ करोड रुपैयाँ मात्रै असुलेर बाँकी रकम मिनाहा गरेको अनुसन्धानका क्रममा फेला परेको छ ।
प्रकाशित मिति : २०७४ साल जेठ ३० गते
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्