×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इजाजत नवीकरण गर्न कमिसन, गरेपछि ठगी ! यस्तो रहेछ शिवम् सिमेन्टका ठगीका घटना बढ्नुको कारण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इजाजत नवीकरण गर्न कमिसन, गरेपछि ठगी ! यस्तो रहेछ शिवम् सिमेन्टका ठगीका घटना बढ्नुको कारण !

Artha Sarokar

११ श्रावण २०७४, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय नेपालमा सबैभन्दा बदनाम भएको सिमेन्टको ब्राण्ड हो शिवम् सिमेन्ट । थुप्रैपटक गुणस्तर विभागको अनुगमनका क्रममा कहिले तौल नपुगेको त कहिले ब्याच नै नराखी सिमेन्ट बेचेको प्रमाण नेपाल गुणस्तर तथा नापतौल विभागले फेला पारिसकेको छ । तर यसरी सरासर ठगी गरेको भेटिदा पनि ‘सेटीङ’ कै भरमा शिवम् सिमेन्टले हरेक पटक उन्मुक्ति पाउने गरेको छ । बजारमा खुलेआम कम तौल भएको सिमेन्ट भेटिंदा होस् वा ब्याच नम्बर नै नराखी गैर कानुनी रुपमा सिमेन्ट बेच्दा होस्, उसलाई कारवाही हुने गरेको छैन। यतिसम्मकी उसको ठगी धन्दाबारे आएका समाचारहरु रातारात संचारमाध्यमबाट हटाइएका प्रमाणहरुपनि पछिल्लो समय फेला परेकै हो । तर पनि पैसा र पावरका भरमा शिवम् सिमेन्टले जनता लुट्ने काम गरिरहेको छ।  
ठगीका घटना बढ्नुको भित्री कारण यस्तो पो !
शिवम् सिमेन्टले ठगी गरेका घटनाहरु एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । यसको मुख्य कारण भने कम्पनीले २०७३ साल असार मसान्तभित्र गरेको गुणस्तरचिन्हको नवीकरण हो । सिमेन्टले २०७० साल असार ४ गते गुणस्तर चिन्ह प्राप्त गरेको थियो । र २०७३ साल असार ४ गते उक्त प्रमाणपत्रको म्याद सकिएको थियो । उक्त प्रमाणपत्र नवीकरण गर्ने बेलामा नै शिवम् सिमेन्टको गुणस्तरमा समस्या देखिएकाले प्रमाणपत्र नवीकरण नहुने संकेत नेपाल गुणस्तर तथा नापतौल विभागले देखाएको थियो । ‘त्यतिबेला केहि रकम घुस खुवाएर कम्पनीले प्रमाणपत्र नवीकरण गर्यो । त्यसपछि त जे गरेपनि हुन्छ भन्ने शैलीमा अहिले कम्पनीले खुलेआम ठगी गरिरहेको छ ।’ सिमेन्ट उद्योगमा काम गर्ने एक उपल्लो तहकै कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । प्रमाणपत्र नवीकरण गरेपछि अव ३ बर्ष अर्थात २०७६ सालसम्म सिमेन्टलाई ढुक्क भएको छ । त्यसैको फाइदा उठाउँदै शिवम् सिमेन्टले अहिले नियोजित रुपमै ठगी गर्ने उद्देश्य बनाएर अघि बढेको छ । 
ठगी गर्न कसलाई के मिलाउने जिम्मा ?
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै शिवम् सिमेन्टमै काम गर्ने एक कर्मचारीले ठगी गर्ने जिम्मा कसलाई के दिईएको छ भन्ने स्पष्ट पारेका छन् । ‘शिवम् सिमेन्टले आफैं कम तौल भएका सिमेन्टहरु बजारमा पठाउने केहि दिन अघि जस्तै नापतौल विभागको फेला परे डिलरलाई दोष दिएर उम्किने र डिलरले केहि सजाय भोग्नुपरे ब्याज सहित पुन: डिलरलाई सिमेन्टले नै असुल उपर गरिदिने भन्दै ‘सेटिङ’ मिलाइएको छ । यता गुणस्तर विभागमा समेत सेटीङ मिलाउने प्रयास गरेपछि विभागका केहि कर्मचारीहरुले यसको विरोध गर्दै शिवम् सिमेन्टलाई अनुगमन गरी दोषी प्रमाणित गरिसकेका छन् । शिवम् सिमेन्टका कर्तुतहरु सार्वजनिक भएका ठुला भनिएका मिडियाहरुलाई दलाली गर्ने जिम्मा भने ब्राण्ड मेनेजर केशव अर्यालले पाएका छन् । ‘केहि दिन अघि एक ठुलै पत्रिकामा शिवम् सिमेन्टको ठगी बारे समाचार प्रकाशित भयो । तर त्यसको अनलाइन संस्स्करणमा विहान ७ बजे रहेको न्यूज विहान १० बजे नै ‘डिलिट’ गरिसकिएको थियो । यस्तो जिम्मा केशव अर्यालले लिएका छन् ।

के भन्छ शिवम् सिमेन्ट ?
यसबारे बुझ्न हामीले शिवम् सिमेन्टका ब्रान्ड मेनेजर केशव अर्याललाई फरक फरक समयमा ५ पटकसम्म फोन गर्यौं । तर उनी हामीसँग भाग्न मात्र खोजिरहे । त्यसपछि हामीले उनको प्रतिक्रिया लिन एसएमएस गर्यौं । उनले उक्त एसएमएसको पनि प्रतिक्रिया दिएनन् । हामीले उनलाई फेसबुकमा यसबारे प्रतिक्रिया लिन खोज्दा समेत उनले प्रतिक्रिया दिएनन् ।  उनीसँग प्रतिक्रिया नपाएपछि हामीले उनीभन्दा तल्लो तहमा रहेर काम गरिरहेका अनुज महतलाई पनि यसबारे फेसबुकमै प्रतिक्रिया लिन खोज्यौं । तर उनलेपनि यसबारे प्रतिक्रिया दिएनन् ।     

यो छुटाउनु भयो कि ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी