
काठमाडौँ – २३ दिनदेखि अनसनमा बसेका डा.केसीको अनसन तुहिएको छ । विभिन्न माग राखी अनसन सुरु गरेका केसीले मंगलबार बेलुका आमरण अनसन स्थगित गरेको घोषणा गरेका हुन् । तराईमा आएको बाढीका कारण अधिकांसको ध्यान त्यतै केन्द्रित भएपछि डा. केसी यसो गर्न बाध्य भएको बुझिएको छ । चिकित्सा शिक्षा विधेयक तत्काल पास गर्नु पर्ने बाहेकका उनका अधिकांश माग भने सम्बोधन भइसकेको छ ।
‘विपत्तिमा सबै पक्षको ध्यान केन्द्रीत हुन बाधा नपुगोस् भनेर मैले सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छु ।’ मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उनले भने,‘सत्याग्रहको कार्यक्रम स्थगित गरेपनि चिकित्सा शिक्षा ऐनका लागि हाम्रो लडाई निरन्तर जारी रहने र कुनै पनि बेला त्यसमा बदमासी वा तोडमोड गर्न खोजियो भने तत्काल सत्याग्रह पुनः सुरु गर्ने जानकारी गराउँछु ।’
यता डा. केसीले अनसन स्थगित गर्नुअघि त्रिभुवन विश्वविद्यालयले उनको माग सम्बोधनमा केही निर्णयहरु भने गरेको छ । डा. केसीले अनसन तोडेपछि आईओएमका डिनले सिफारिस गरेका चार जनालाई नै सहायक डिन नियुक्त गर्न पनि त्रिभुवन विश्वविद्यालय सहमत भएको छ । त्रिभुवन विश्वविद्यालयले मेडिकल कलेजको सिट र शुल्क निर्धारणको अधिकार आईओएममा फिर्ता गरेको छ। साथै आईओएमको स्वायत्ततासम्वन्ध अध्ययन गरेर सुझाव दिन गठन भएको कार्यदलले दिएको रिपोर्ट पनि त्रिवि सिनेटमा पेश गर्ने बचन खनियाले दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्