×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली पूँजी बजारमा युवतीहरुको बढ्दो आकर्षण, ‘नचिल्ने मौरीले मह दिँदैन हजुर’

PRIME CA

नेपाली पूँजी बजारमा युवतीहरुको बढ्दो आकर्षण, ‘नचिल्ने मौरीले मह दिँदैन हजुर’

२१ श्रावण २०७४, शनिबार

पढ्न लाग्ने समय: < ४ मिनेट

  • नवराज घिमिरे :- लगानीकर्ता / विश्लेषक 
केहि दिन पहिलाको कुरो हो ,घडीमा विहानको ११ वज्न लागि सकेको थियो । म गाडी पार्किड: गरेर व्रोकर अफिसतर्फ लम्कदै थिएँ । एक जना युवती जसको उमेर मेरो सानो छोराकोजति हुँदो हो । उहाँ नानीले मलाइ सोध्नुभयो, ‘अंकल यो स्टक मार्केटमा काम गर्न कति वर्ष उमेर पुगेको हुनुपर्छ ? मैले भनें ‘नानी , पूँजी बजारमा काम गर्न त्यस्तो यतिनै उमेर पुग्नुपर्छ भन्ने त हुदैन, तरपनि आफैले आफ्नो नामबाट सेयर खरिद विक्री गर्न नागरिकताको प्रमाण-पत्र चाहिने हुँदा १६ वर्ष पुगेको हुनुपर्छ । 
हो , सेयर वजारमा लगानी गर्न कुनै उमेरको हदवन्दी हुदैन । जस्तो की तपाई विधार्थी हुनु हुन्छ , तपाईसंग वुवा , आमाले पकेट खर्च गर्न दिएको पैसा छ , सानो तिनो जव गरेर कमाएको पैसा छ, दशै तिहारमा प्राप्त भएको पैसा छ वा भनौ वर्थ डे लगायतवाट आयको पैसा वचत गर्नु भएको छ भने त्यसै रकमवाट पनि यो मार्केटमा लगानी सुरु गर्न सक्नु हुन्छ । तपाईले एक्कासी आमा वुवा संग म स्टक मार्केटमा लगानी गर्छु भनेर पैसा माग्नु भयो भने उहाहरुले भन्नु हुनेछ की नानी , तिमि कहाँ लगानी गर्न गैरहेकी छौ ! त्यो त जुवा घर हो । यस्तो जवाफ पाउनपनि सक्नु हुन्छ ।
वास्तवमै भन्ने हो भने यो जुवा घर हुदै होईन । जुवा भनेको त एक किसिमको अवैधानिक खेल हो , यस्मा तपाईले थापेको पैसा अर्कोले मार्यो भने पुराका पुर पैसा सोहोर्छ र मार्रा भनेर कराउने गर्छ । स्टक मार्केट सरकार द्वारा नियन्त्रित वैधानिक रुपमा लगानी गर्ने स्थान हो । सुजवुझको साथ कम्पनी छनोट गरी लगानी गरियो भने संसारमै स्टक मार्केटमा लगानी गरेर पैसा कमाए जस्तो अर्को कुनैपनि पैसा कमाउने पेशा जन्मिएको छैन । 
तपाई यो मार्केटमा नयाँ भएर आऊदै हुनुहुन्छ भने Trading गर्छु भनेर प्रवेश नगर्नुस । Trading को सोचमा आऊदै हुनुहुन्छ भने पैसा डुव्न पनि सक्छ । वुवाआमासँग पैसा लिएर Treading गर्ने सोच वनाउनु भएको हो भने त झन यो विल्कुलै गलत हुने छ । तपाई Investment गर्ने सोच वनाएर आउनुस तपाईले धोका खानुहुने छैन । तपाइले क्रमश: काम पनि सिक्दै जानु हुनेछ । जस्तो उदाहरणको लागी कसैले भरखर भरखर गाडि चलाउन सिक्दै छ भने उसले एकै चोटी सयको Speed मा गाडि चलाउदैन विस्तारै विस्तारै विस , तिसको Speed मा चलाउदै सिक्ने गर्छ । तपाइ पनि आफुलाई सोही अवस्थामा तुलना गरि लगानी गर्न आउनुहोस तपाइ सफल हुनुहुनेछ । 
तपाइ सुरुआती अवस्थामा हुनुहुन्छ तपाइले किनेको स्टकको मूल्य घटदैमा डराउनु पर्ने हुन्न । जव तपाइ त्यो लगानीलाई कम्तीमा पनि पाँच वर्ष भुल्न सक्ने क्षमता राख्नु हुन्छ भने , तपाइले लगानी गरेको कम्पनीले जे जति कमाएको हुन्छ , वार्षिक रुपमा तपाइलाई पनि त्यो कंम्पनीले नाफा भाग लगाउने गर्छ । स्टक मार्केटमा कहिले कहिले कस्तो हुन्छ भने तपाइले किनेको स्टकको मूल्य १/२ वर्ष पनि सुतेकै अवस्थामा रहन पनि सक्छ । तर , जव स्टकको निन्द्रा खुल्छ यानिकी त्यस कम्पनीको performance राम्रो हुन थाल्छ तव त्यो दुई वर्ष निदाएर वसेको कुम्भकर्ण यसरी उठछ की तपाईले आँकलन नै गर्न सक्नुहुन्न । 
२ वर्ष नवढेको स्टकको मूल्य १० दिनमै नेटो काटने गरि वढन पनि सक्छ । जव तपाईलाई स्टकले मुनाफा दिन थाल्छ छप्पर फारेर दिन्छ । स्टक मार्केटको Business मा कसैले चाहदैमा राता रात करोड पति हुने होइन वरु लालचमा परियो भने रोडपति हुन वेर लाग्दैन । त्यसैले भनिन्छ जव हामि मौरीको मह काटछौ त्यस वेला केही मौरीले चिल्ने पनि गर्छन । “नचिल्ने मौरीले मह दिदैन” भने झै स्टक मार्केटमा पनि काम गर्न सुरु गरेपछी कही कतै घाटा हुन्छ । अनि नाफा पनि मनग्गे हुन्छ । यस्को लागी सुझवुझ र धैर्यका साथ लगानी गर्नु पर्छ । त्यसैले त मौरीले चिल्छ अनि मिठो मह दिने गर्छ ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: