Skip to content
LAXMI SUNRISE BANK

नेपाली पूँजी वजार: ‘भीरमा जाने गाईलाई ‘रामराम’ भन्न सकिन्छ, काँध थाप्न सकिंदैन’

अर्थ सरोकार

  • नवराज घिमिरे : लगानीकर्ता / विश्लेषक 
नेपाली सेयर बजार केहि दिनदेखि नियमित रुपमा घटिरहेको छ । यसै मेसोमा केही यस्ता अमुख कंम्पनीहरु छन्, तीनको मूल्य बढीरहेको छ । बढेको त छ, तर त्यो कम्पनीको दिन भरिको खरिदविक्री चार्ट हेर्नुहुन्छ भने मुस्किलले १०० कित्ता किनवेच भएको देखिन्छ । केहीमहिना पहिला झण्डै १०,०००/- प्रति कित्ता सेयर कारोवार भएको कंम्पनी, जसले गतवर्ष नगद लाभांश स्वरुप २५% दियो । उक्त कंम्पनीको मूल्यमा भारी गिरावट आयो र गत फाल्गुनमा प्रति कित्ता ३५००/- को हाराहारीमा आयो ।
हिजो म स्वंय सानीमा बैंकको राईट सेयर भर्न सोही वैंकको केन्द्रिय कार्यालय नक्साल पुगेको थिएँ । राईट सेयर भर्ने समय अन्तिम अन्तिम भएकोले होला, अलि भिडै थियो । यसै भिडमा दुईजना मानिस उक्त अमुख कम्पनीको सेयर किनेको विषयमा छलफल गरि रहेको मैले सुनें, हामी भन्दा अगाडीको सिटमा वस्ने सरले ‘ओहो !! यो कम्पनी त किन्नै पर्छ’ भनेर कुदेर गए र १० कित्ता किनेर आउनुभयो । हामीपनि गयौ र १०० / १०० कित्ता किनेर आयौं । म आफू सेयरको लगानीकर्ता हुनुको नाताले मलाई केही जिज्ञासा लाग्यो । म केही नवोलौकि भनेर एकछिन त उहाँहरुको कुरा सुनीरहें । 
तर मेरो मनले नबोली वस्न मानेन र मैले उक्त कम्पनीको हिजोमात्र वजारमा आएको डुपलिकेट व्यालेन्स-सिटको वारेमा थोरै चर्चा मात्र के गरेको थिएँ उहाँहरु दुवैको वाक्य वसेझै भयो । ‘जव तपाईहरु कसैको देखासेखिको भरमामात्र सेयर किनवेच गर्नुहुन्छ भने पक्कै पनि कुनै दिन निस्चित रुपले फस्नुहुन्छ । तपाईको अगाडिको सिटमा वस्ने सरले १० कित्ता किन्नु र तपाईहरु कुदेर गएर १००/१०० कित्ता किन्नुभयो । हो, फरक यहि नेर छ । कतै उहाको पहिले ३५००/- को हारा हारिमा किनेको धेरै कित्ता सेयर थियो र भाउ वढदै जाओंस भन्ने उदेश्यले १० कित्ता महगै भएपनि किनेर तपाईहरु लाई यो कम्पनी राम्रो छ भन्ने पनि देखाउन खोजेको हुन सकिछ नी ?’ मैले बोल्दा उहाँहरु अचम्ममा पर्नु भयो ।
मैले वारम्वार यसै अर्थ सरोकार डटकममार्फत विभिन्न समयमा यथार्थ परक , सचेतना मुलक , ज्ञान वर्दक र उत्प्रेरक लेखहरुहरु लेख्दै आईरहेको छु । मैले आजसम्म लेखेको आर्टिकल अध्ययन गरेर सेयर खरिदविक्री गर्नु हुने लगानीकर्ता मित्रहरुले पक्कैपनि घाटा खानु परेको छैन होला । यसै सेरो फेरोमा मैले भन्ने गरेको मुल मन्त्र भनेको केहो भने अध्यान नै नगरि अर्काको देखासेखि तथा लहै लहैमा लागेर सेयर वजारको लगानिकर्ता नवनौ “भिरमा जाने गाई लाई रामराम भन्न सकिन्छ तर काधै हाल्न सकिदैन ” ।
सुझवुझको साथ लगानीगर्ने बानी वसालौ । धैर्य गरौ , न्यूनतम मूल्य पहिचान गरि सेयर खरिद गरौ , वजार वढेर माथि तिर जादै गर्दा धेरै लोभ नगरी सेयर विक्री गर्ने गरौ । यसैमा हामी सवैको कल्याण छ ।
नवराज घिमिरेका यी विश्लेषण छुटे कि ?
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK