×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिवम् सिमेन्टलाई ‘सेटिङ’मै उन्मुक्ति, ‘जनतामारा’ ठग सिमेन्टलाई नापतौल विभागले कार्वाही नगर्ने !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि समयअघि शिवम् सिमेन्टको बोरामा प्रति बोरा ८ केजी तौल कम हुने गरेको प्रमाण सहित गुणस्तर तथा नापतौल विभागले रंगेहात प्रमाणसहित भेटेको भएपनि ‘सेटिङ’मै उन्मुक्ति दिईने भएको छ । शिवम् सिमेन्टलाई सेटीङमै उन्मुक्ति दिईएको यो चौथो पटक हो । यसघि कमसल सिमेन्ट भेटिएको, ब्याच नम्बर नराखिएको र कम तौल भेटिएको तीन पटकका घटना पनि घुस खुवाएरै कारवाही तुहाइएको चर्चा चलेको थियो ।
मिडियाको सेटिङको जिम्मा केशव अर्याललाई, नापतौल विभागसँग मालिकले नै ‘डिल’ गरे
यता आफ्नो कर्तुत लुकाउन शिवम् सिमेन्टले सक्दो प्रयास गरेको छ । विभागले शिवम् सिमेन्ट लगायतका अन्य केहि सिमेन्टहरु गुणस्तरहीन भएको प्रमाणित गरेपछि केहि ठुला मिडियामा आएका समाचारहरु कम्पनीका ब्रान्ड मेनेजर केशव अर्यालले ‘सेटीङ’ मिलाएपछि रातारात हटेको थियो । ‘प्रिन्टमा प्रकाशित भएको समाचार अनलाइनबाट हटाइएको छ । यसका लागि शिवम् सिमेन्टका ब्रान्ड मेनेजर केशव अर्याल र उक्त सिमेन्टको काम गर्ने विज्ञापन एजेन्सी लागिपरेका थिए ।
अर्को पटक पनि ज्याकेट विज्ञापन प्रदान गर्ने लगायतको डिल भएपछि उक्त समाचार अनलाइनबाट हटाइएको थियो । यसअघि पनि शिवम् सिमेन्टको हेटौंडास्थित कारखानाले स्थानीयलाई दुख दिएको लगायतका समाचार प्रकाशित गर्दा शिवम् सिमेन्टका तर्फबाट अर्याल हेटौंडा नै पुगी त्यहाँका केहि मिडियाहरुलाई विज्ञापनको प्रलोभन देखाएर सेटिङमा समाचार रोक्ने प्रयास गरेका थिए । यस्तो त अर्याल यसरी अरुलाई प्रभावमा पारेर आफ्नो काम गराउन र आफ्नो कर्तुत लुकाउन माहिर मानिन्छन् ।
गुणस्तर विभागमा चरम भ्रष्टाचार, अख्तियार पुग्यो केस !
यता शिवम् सिमेन्ट र गुणस्तर विभागका केहि कर्मचारीहरु मिलेर घुस लिने दिने काम गरेको र सेटीङकै भरमा कम तौल भएको सिमेन्ट बेच्दा पनि कारवाही नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा शिवम् सिमेन्टका ब्राण्ड मेनेजर केशव अर्याल र शिवम् सिमेन्टका मालिकले घुस खुवाएको र गुणस्तर विभागका कर्मचारीले घुस लिएको भन्ने आरोप लगाइएको छ । यसअघि पनि कम तौल भएको प्रमाणित हुँदा होस् वा ब्याच नम्बर नै नराखी सिमेन्ट बेचेको प्रमाण फेला पर्दा होस्, शिवम् सिमेन्टले नाम मात्रका देखावटी कारवाही भोगेर उन्मुक्ति पाउने गरेको छ । यसले गुणस्तर विभागका नाममा कस्तो लुट भइरहेको छ भन्ने प्रमाण दिएको छ भने शिवम् सिमेन्ट पैसा र पावरकै भरमा जनता कुन हदसम्म ठगीरहेको छ भन्ने प्रमाण पनि स्पष्ट रुपमा बुझिने गरी देखिएको छ ।
केशव अर्याल भागेको भाग्यै !
यता शिवम् सिमेन्टले गरेका विभिन्न कर्तुतहरुबारे बुझ्न हामीले शिवम् सिमेन्टका ब्राण्ड मेनेजर केशव अर्याललाई सम्पर्क गरेका थियौं । तर उनले न हाम्रो फोन उठाएका छन्, न एसएमएस रिप्लाई गरेका छन् । फेसबुक र एसएमएसको रिप्लाई नआएपछि हामीले उनलाई फेसबुकमा समेत जानकारी मागेका थियौं । त्यहाँ पनि उनले कुनै प्रतिक्रिया दिएका छैनन् । कुनै हिसावले पनि प्रतिक्रिया नआएपछि हामीले शिवम् सिमेन्टमा अरु कोहि सँग जानकारी लिन सकिन्छ कि भनेर शिवम् सिमेन्टमा सम्पर्क गर्यौं । शिवम् सिमेन्टमा फोन गर्दा केशव अर्याललाई सम्पर्क राख्न भनियो । प्रतिक्रिया विहिन भएपछि हामी मंगलबार शिवम् सिमेन्टकै कार्यालयमा पुगेका थियौं । त्यहाँपनि केशव अर्याल नभएको भन्दै हामीलाई फिर्ता पठाइयो । 

यो छुटाउनु भयो कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: