
पत्नी आरजु राणालाई जसरी पनि जिताउन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कैलालीमा टिकट वितरणमा मनोमानी गरेपछि कार्यकर्ताहरुले हाँगामा सुरु गरेका छन् ।
हंगामामाले कुन रुप लिएको छ भने पार्टी उपसभापतिको राजीना नै दिनु पाएको छ । पार्टी सभापति देउवाले आफ्नी पत्नी अारजुलाई जिताउन मनोमानी गरेको भन्दै प्रकाश बमले शुक्रबार उपसभापति र जिल्ला सदस्य पदबाट समेत राजीनामा दिएका हुन् ।
बमकाे राजिनामासँगै कैलाली काँग्रेसमा खैलाबैला मच्चिएकाे छ । स्थानिय नेता कार्यकर्ताहरूले अारजुलार्इ हराउने चेतावनि दिन थालेका छन भने कसैले सभापति देउवाको आदेशमा टिकट पाएका सबै उम्मदेवारलाई नै पाखा लगाउनु पर्ने भन्दै बिद्रोह गरेको स्रोतले बतायो ।
यता राजीनामापछि पत्रकारहरुसँग कुराकानी गर्दै बमले आफनो राजनीतिक हत्या भएकोले पार्टी परित्याग नगरी राजीनामा मात्रै दिएको बताएका छन् ।
मसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा टिकट वितरणको विषयलाई लिएर बमले राजीनामा दिएका हुन् । उनी प्रतिनिधिसभा सदस्यका लागि कैलाली ४ बाट दाबेदार थिए । उनको नामसर्वसम्मत रुपमा सिफारिस भएको थियो ।
तर, कैलाली ४ बाट कुनै सल्लाह नै नगरी केन्द्रले उनको नाम हटाएर प्रदेश सभाका (क) मा राख्यो । अन्तिममा आएर प्रदेशबाट पनि उनलाई आउट नै गरियो । आफुलाई पहिले आश्वासन दिएर पछि सिधै जानकारीइना नै आउट गरेको भन्दै उनले त्यहि झोकमा राजीनामा दिएका हुन् ।
कैलाली ४ मा प्रतिनिधि सभातर्फ काग्रेसले सुनिलकुमार भण्डारीलाई टिकट दियो । यहाँबाट प्रदेश सभा (क) मा यज्ञराज चौधरी र (ख) मा हिरादत्त भट्टले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै, कांग्रेसले निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नी आरजु राणा देउवालाई टिकट दिएको छ त्यसको (क) बाट जीवन राना र (ख) बाट डिल्लीराज पन्तको उमेदवारी परेको छ ।
प्रधानमन्त्री पत्नीलाई जिताउनका लागि लामो समयदेखि राजनीतिमा लागेकालाई अन्याय गरेर गोजीबाट उम्मदे्वार चयन गरिएको बमको आरोप छ । डोटी, डडेल्धुरा र राना थारु समुदायको भोट आरजुलाई आउछ भनेर डोटी, डडेल्धुरा र चौधरी, राना थारुका उम्मेद्वार उठाईएको जनाईएको छ ।
बमले आफनो टिकट खोसिदा आफूलाई जानकारी नै नदिएकोले राजीनामा दिनुपरेको बताए । आफ्नो राजनीतिक हत्या भएका बमको ठहर छ । कैलालीका अधिकाश क्षेत्रमा काग्रेसले हार्ने विश्लेषण समेत बमले गरेका छन् ।
यसअघि लम्कीमा पनि थुप्रै कार्यकर्ताले टिकट वितरणमा देउवाको मनोमानीविरुद्ध विद्रोह गरिसकेका छन् ।
प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मुखमा उपसभापतिको राजीनामाले कांग्रेस कैलालीलाई चुनावी नतिजामा ठूलो धक्का लाग्ने विश्लेषण गरिएको छ ।