Skip to content
LAXMI SUNRISE BANK

विप्लवलाई इन्काउन्टर गर्नुपर्ने मागसहित ठेकेदारहरुको गोप्य भेला ! प्रचण्डका घरभेटी मुख्य योजनाकार !

अर्थ सरोकार

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)लाई इन्काउन्टर गर्नुपर्ने माग सरकारलाई राख्ने भन्दै केहि दिनअघि कुपन्डोलस्थित होटल हिमालयमा मुलुकभरिका ‘क’ र ‘ख’ वर्गका ठेकेदारहरूको गोप्य बैठक बसेको खबर प्राप्त भएको छ । माओवादीका पूर्वलडाकु एवं शैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक शारदा अधिकारीको नेतृत्वमा सम्पन्न भएको उक्त भेलामा बाहिरि रुपमा नदेखिएका तर विप्लव निकट ठेकेदारहरु पनि उपस्थित भएपछि यो रहस्य बाहिर आएको हो ।  समाचार स्रोतका अनुसार उक्त भेलामा अधिकारीले बोलेको अडियो रेकर्ड समेत नेकपाका केहि नेताहरुकहाँ पुर्याउने तयारी भइरहेको छ । 
ठुला ठुला ठेक्कापट्टामा नेकपाका कार्यकर्ताले गलत काम गर्न नदिएको, कमिसन मागेको लगायतका समस्याहरु उनले उक्त बैठकमा राखेको बुझिएको छ । अझ खास कुरा त के छ भने उक्त बैठकमा विप्लव लगायत उक्त पार्टीका केहि कार्यकर्ताहरुलाई इन्काउन्टर गर्ने माग प्रचण्ड र केपी ओलीसँग राख्नुपर्ने भन्दै शारदा अधिकारी तम्सिएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सित्तैमा आफ्नो घर उपलब्ध गराइदिएका अधिकारीले आफ्ना सबै सहपाठीहरुलाई विप्लवलाई इन्काउन्टर गर्नुपर्ने माग सरकार समक्ष राख्नुपर्ने धारणा राखेको स्रोतको दावी छ । समाचार स्रोतका अनुसार उक्त बैठकमा ‘मुलुकको अधिकांश ग्रामीण क्षेत्र विप्लव माओवादीको कब्जामा पुगिसेकेको’ शीर्षकमा गत साता तरुण साप्ताहिकले छापेको समाचारबारे पनि छलफल भएको थियो । 
‘प्रचण्ड र ओली मेरै हातमा छन् । म जसलाई पनि गृहमन्त्री बनाउन सक्छु । बादलले विप्लव इन्काउन्टर गर्न सक्दैनन्  भने म अरुलाई नै गृहमन्त्री बनाउँछु । बाहिर चर्चामा आए जस्तो शक्तिशाली विप्लव समूह छैन, उनीहरूसँग तालिम प्राप्त केही लडाकु तथा पुराना हातहतियार रहेको कुरा सत्य हो, तर माथिल्लोस्तरका नेता अत्यन्त थोरै छन्, विप्लवलगायत २०–२५ जनालाई दोहोरो भिडन्तका नाममा सिध्याइदिना साथ सबै ठिक हुने अवस्था छ ।’ उनलाई उदृत गर्दै समाचार स्रोतले बतायो ।

यो पनि पढ्नुहोस् :

विप्लवलाई इन्काउन्टर गर्ने योजना र चन्दा आतंकको समाचारको अधिकारीद्वारा खण्डन, प्रकाण्डको यस्तो आपत्ति !

नेकपाका प्रवक्ता भन्छन्, ‘कोहि व्यवसायीसँग चन्दा उठाएका छैनौं’

यता नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले भने आफुहरुले कुनै व्यवसायीसँग पनि चन्दा नउठाएको दावी गरेका छन् । “विप्लव कार्यकर्तालाई मोटो रकम नबुझाएसम्म काम अघि बढ्न नसक्ने भएकोले इनकाउण्टरमा उत्रिन प्रचण्ड र ओलीसँग माग गर्ने आशयको समाचार प्रकाशित भएको मैले पनि थाहा पाएँ । तर यो गलत प्रचार हो । हामीले राज्यसत्ता र त्यसका अंगहरुलाई अस्वीकार गरेपनि कुनै पनि व्यवसायीसँग आतंक मच्चाएर कमिशन मागेका छैनौ । त्यो हाम्रो नीति पनि होइन । उनले आफ्नो पार्टीको बारे त्यस्तो चर्चा कतै भएको भए त्यो आफुहरु विरुद्धको षडयन्त्र भएको स्पष्ट पारेका छन् ।
व्यवसायी अधिकारीको खण्डन, ‘त्यस्तो कुरै भएको छैन’

यता व्यवसायी अधिकारीले पनि त्यस्तो कुनै चर्चा बैठकमा नभएको स्पष्ट पारेका छन् । “व्यवसायीबीच विप्लव माओवादीबाट चन्दा मागेको कुरा उठेको छैन । मैले दमनका लागि आग्रह गर्ने भन्ने कुरा त पूरै झुटो हो । म आफै सहीद परिवारबाट हुँ । मेरो नाम जोडेर आएको समाचारको यसको म जोडदार खण्डन गर्दछु । अहिले पार्टी एकता भइरहेको बेला ओली र प्रचण्डबीच फाटो हाल्ने र विगतमा एउटै आन्दोलनका सहयात्रीलाई एक अर्काका विरुद्ध उचाल्ने षडयन्त्रस्वरुप यस्तो भ्रम छरिएको छ ।’ उनले भने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK