×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस कारण नेकपाद्वारा एनसेल टावरमाथि पुनः आक्रमण ! क्षतिको बिबरण सहित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यस कारण नेकपाद्वारा एनसेल टावरमाथि पुनः आक्रमण ! क्षतिको बिबरण सहित

Artha Sarokar

१६ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले एनसेलको अर्को टावरमाथि अागजनी गरेका छन् । राज्यलाई सबै कर तिर्न अानाकानी गरेको भन्दै नेकपाले एनसेलमाथि चरणबद्ध हमला गरिरहेको छ ।
विहीबार साँझ बागलुङको काठेखोला गाउँपालिकाको घोडाबानेमा रहेको एनसेलको टावरमा नेकपाका कार्यकर्ताले अागजनी गरेका हुन् । आगजनीबाट उक्त टावर ध्वस्त भएको बताईएको छ ।
राज्यलाई बाँकी कर तिर्न दवाव दिन यसअघि नेकपाले फागुन १ गते देशभरका तीन दर्जन टावरमा अागजनी गरेको थियो । एक वर्ष पहिले पनि नेकपाले चेतावनी स्वरुप केही टावरहरुमा अागजनी गरेको थियो । त्यसपछि एनसेलले सम्पूर्ण बाँकी कर तिर्ने प्रतिवद्धता गरेको थियो । एक वर्षसम्म पनि बाँकी कर नतिरेपछि नेकपाले पुनः अागजनी सुरु गरेको छ ।
एकिकृत जनजागरण अभियान चलाएको नेकपाले जनयुद्ध दिवसको अवसरमा एनसेलका टावरहरुमा अागजनी गरेको थियो । तत्काल बाकी कर तिर्न एनसेललाई नेकपाले आग्रह पनि गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी