
हाम्रा प्रिय पाठक !
न्यानो अविवादन !!
गतिशील समय आफ्नै गतिमा बढीरहेको छ । प्रिय पाठकहरुलाई साक्षी राखेर परिवर्तनका लागि पृथक प्रयास सहितको आर्थिक समाचार पोर्टल ‘अर्थ सरोकार डटकम’ सुरु गरेको २ बर्ष पुगेछ । आर्थिक बर्ष २०७३-७४ को पहिलो विहानीबाट तपाईं समक्ष आएका हामीलाई तपाईंहरुले यो छोटो समयमै दिनुभएको अगाध मायाका प्रति हामी सदैव ऋणी छौं । दोश्रो बर्ष पूरा गरेर तेश्रो बर्षमा लागेका हामी आजको यो विशेष दिनमा तपाईंहरुसँग खुसी बाँड्न चाहान्छौं । हामीलाई थाहा छ, हामीले गरेका एक-एक कामको हिसाव तपाईं पाठकहरुले राख्नुनै भएको छ । र त हामी गर्व गर्छौं, हामीले उठाएका मुद्धामा तपाईंहरुले दिनुभएको साथका कारण हामी नेपालको सबैभन्दा बढी समाचार प्रभाव भएको आर्थिक समाचार पोर्टल हुनुमा ।
हामीलाई यो पनि राम्रोसँग थाहा छ, हामी तपाईंमाझ भ्रष्टहरुको वास्तविकता लिएर लिएर आउँदा, धेरै भ्रष्ट, तस्कर र ठगहरुको ‘नीद हराम’ भएको छ । हामीलाई थाहा छ अर्थ सरोकार डटकम, र यहाँका सम्पादक धेरैका लागि टाउको दुखाइको विषय पनि बनेको छ । हाम्रा समाचारका कारण जागिर नै गुमेकाहरु हामीप्रति रिसको आगो मनभित्र दन्काएर बसेका छन् भन्ने पनि हामीलाई राम्रोसँग थाहा छ । अनि ‘कर्पोरेट हाउस’का नाममा जनता ठग्न पल्किएकाहरु हाम्रा समाचारदेखि दिनहुँजसो तनावमा छन् भन्ने पनि हामीलाई राम्रोसँग थाहा छ । यो २ बर्षमा हामीले जे जे खोज्यौं, लेख्यौं, बोल्यौं वा सुनायौं, त्यसले केहि गलत गर्नेहरुको सात्तो-पुत्लो उडेको कुरा पनि हामीलाई राम्रोसँग थाहा छ । तपाईंहरुलाई पनि पक्कै थाहा होला नै । तर सत्य एउटै हुन्छ र सत्यका पक्षमा हाम्रा प्रिय पाठक, दर्शक र स्रोता हुनुहुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ ।
दोश्रो बर्ष पूरा भएर तेश्रो बर्षमा प्रवेश गर्दै गर्दा हामीले जे जति गर्यौं, त्यसमा हामी सन्तुष्ट पक्कै छैनौं । किनकि हामीले अझै धेरै गर्नुछ भन्ने कुरा हामीले बुझेका छौं । हाम्रा पनि केहि कमजोरी छन्, जसलाई सुधार्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं । र हामी खुसी छौं, हाम्रो फरक अभ्यासको पत्रकारिताकै कारण धेरै ठाउँमा धेरै सचेत बनेका छन् । आर्थिक क्षेत्रमा लुट्न पल्किएकाहरु केहिहदसम्म भएपनि हड्बडाएका छन् । तर हामी यस मानेमा धेरै हर्षित छौं कि हाम्रा पाठकले जुन अगाध माया हामीलाई दिनुभएको छ, त्यो माया र विश्वासले जन्माएको बलमा हामीलाई अझै धेरै माथि जाने आँट आएको छ ।
प्रिय पाठक,
हामीलाई थाहा छ, गलत गर्नेहरुविरुद्ध हाम्रो कठोर पत्रकारिता धेरैलाइ मन परेको छैन । र त कहिले ‘राजु’का नाममा त कहिले ‘नीतिका’का नाममा हामीलाई धम्क्याउने, तर्साउने र कमजोर बनाउने दुष्प्रयास भइरहेको छ । तर यस्ता ‘फुस्रा’ प्रयासले हाम्रो रफ्तार कहिले पनि रोकिने छैन । भ्याउन्जेल, सकुन्जेल हामी तपाईंका अगाडी गलत गर्नेहरुको भण्डाफोर गरिरहनेछौं । हाम्रो यो अभियानमा तपाईंहरुको साथ रहनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।
तेश्रो बर्ष प्रवेशको यो सुखद् अवसरमा हामी हाम्रा समग्र पाठकहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छौं । हामीले बुझेका छौं टेलिभिजन, अनलाइन र रेडियोका आ-आफ्नै पाठक, दर्शक र स्रोता छन् । यहि कुरालाई मध्यनजर गर्दै हामीले निरन्तर टेलिभिजन कार्यक्रम पनि संचालन गर्दै आएका छौं । जनताले हाम्रो अनलाइन संस्करणमात्र होइन, हाम्रो टेलिभिजन कार्यक्रमपनि उत्तिकै मन पराइदिनुभएकोमा समेत हामी हाम्रा दर्शकप्रति आभारी छौं ।
हाम्रा समग्र पाठक र दर्शकहरुलाई आजकै मितिमा हामी एउटा अर्को खुसी बाँड्न चाहान्छौं । हामी आजैबाट देशभरका विभिन्न रेडियोहरुबाट बज्ने गरी रेडियो कार्यक्रम अर्थ सरोकार लिएर आएका छौं । हालका लागि दर्जन रेडियोहरुबाट दुरदराजका बस्तीदेखि काठमाडौँका गल्लीहरुमा समेत हामीलाई विभिन्न रेडियोहरुबाट सुन्न सकिनेछ । हामी हाम्रो रेडियो कार्यक्रम अझ धेरै रेडियोहरुबाट बझाउन प्रयासमा हामी पक्कै हुनेछौं । हाम्रो टेलिभिजन कार्यक्रम, र अनलाइनलाई तपाईंहरुले जसरी माया गरिदिनुभएको छ, हाम्रो रेडियो कार्यक्रमलाइ पनि त्यसरी नै माया गरिदिनुहुनेछ भन्ने अपेक्षा लिएका छौं । टेलिभिजन कार्यक्रमको समय केहि अबेर गरिदिनु पर्यो भन्ने धेरैको सल्लाह बमोजिम हामी अव प्रत्येक मंगलबार बेलुकी ९:३० बजे अर्थ सरोकार टेलिभिजन काय्रक्रम लिएर टिभी टुडे टेलिभिजनमा देखिनेछौं । यो सुखद् अवसरमा हामी हाम्रा समग्र पाठक, दर्शक, स्रोता र हाम्रा शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहान्छौं । र यो संगै दोहोर्याउँछौं हाम्रो प्रतिबद्धता, ‘जनताका मुद्धा बोक्ने हो, गलत गर्नेलाई अक्षरले ठोक्ने हो’

सुरज प्याकुरेल
प्रधान सम्पादक
अर्थ सरोकार डटकम
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्