
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सीबीआइएल क्यापिटलले नियममा तोकिएको सीमा भन्दा बढी बैंक निक्षेपमा पैसा जम्मा गरेको भएपनि नियामक निकाय कानमा तेल हालेर बसेको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि सेबोनले यस विषयमा अनुसन्धान गर्दा सीबीआइएल क्यापिटलसहित ६ म्युचुअल फण्डले गैरकानूनी रुपमा मुद्धतीमा पैसा राखेको पुष्टी भएको छ । यसरी गैरकानुनी काम गरेको पाइएपछी म्युचुअल फण्डहरुका व्यवस्थापकहरुसँग धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ । बोर्डले बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको दश प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने व्यवस्थाविपरीत विभिन्न म्युचुअल फण्डहरुले पैसा जम्मा गरेको भेटिएपछि केही स्किमका व्यवस्थापकलाई १५ दिने स्पष्टीकरण सोधेको हो ।
बोर्डले सिटिजन म्युचुअल फण्ड-१ को योजना व्यवस्थापक सिबिआइएल क्यापिटल, एनएमबी म्युचुअल फण्ड-१ अन्तरगतको एनएमबी सुलभ इन्भेष्टमेन्ट-१ र एनएमबी हाइब्रिड फण्ड-१ को योजना व्यवस्थापन एनएमबी क्यापिटल, लक्ष्मी म्युचुअल फण्ड अन्तरगतको लक्ष्मी इक्वीटी फण्ड र लक्ष्मी भ्यालू फण्ड-१ को योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमीटेड र एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गतको एनआइसी एशिया ग्रोथ फण्डको योजना व्यवस्थापक एनआइसी एशिया क्यापिटललाई बोर्डले स्पष्टीकरण सोधेको हो । यसअघि अर्थ सरोकार डटकमले सीबीआइएल क्यापिटलले यस्तो गैरकानुनी धन्दा गरिरहेको भएपनि सम्बन्धित निकायले कम्पनीलाई कारवाही नगरेकोबारेको समाचार प्राथमिकताका साथ प्रकाशन गरेको थियो ।
‘यो बिषयमा बोर्डले स्थलगत निरीक्षण गर्दा समेत म्युचुअल फण्डहरुले गैरकानूनी ढंगले लगानी गरेका पाइएकोले यस कार्यबाट सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ३६ को (१) को खण्ड ङ को व्यवस्थाको पालना नगरेको नदेखिएको हुँदा उक्त योजना व्यवस्थापकहरुलाई कारबाही किन नगर्ने भनी १५ दिनको म्याद दिई स्पष्टीकरण माग गरिएको छ ।’- बोर्डको विज्ञप्तिमा भनिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्