×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नो गाउँमा मनपरी गरेको भन्दै अधिकांस मेलुङबासीद्वारा सानिमा बैंक बहिष्कार ! बैंकको उल्टै यस्तो ‘रबैया’ !

PRIME CA
GLOBAL IME BANK

आफ्नो गाउँमा मनपरी गरेको भन्दै अधिकांस मेलुङबासीद्वारा सानिमा बैंक बहिष्कार ! बैंकको उल्टै यस्तो ‘रबैया’ !

१० श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
दोलखा – केहि समय अगाडी सानिमा बैंकले मेलुङ गाउँपालिका-४ स्थित रहेको भिम माध्यमिक विद्यालयको पक्की भवन भाडामा लिई आफ्नो शाखा संचालनमा ल्यायो । विद्यालयमा पढिरहेका विद्यार्थीहरुलाई टहरामा पठाएर बैंकले आफ्नो कार्यालय विद्यालय भवनमा राख्यो । घटना सार्वजनिक भयो । त्यसपछि घटनालाई टालटुल पार्न बैंकले ४ कोठा विद्यालयलाई दिने र २ कोठा आफुले प्रयोग गर्नेगरी विद्यालयसँग सहमति जनायो । तर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ४ कोठा अपुग भएपछि विरोधको स्वर उठ्यो । यहिबेला कतिपय राजनीतिक संगठनहरुले पनि त्यसको विरोध गरे । तर पनि बैंकले ‘राजनीति’ गर्न छोडेन । विद्यालय भवनमै बैंकको कार्यालय राख्न कहिले को नेता गुहार्ने त कहिले को नेता गुहार्ने काम गरिरह्यो । 
अन्तत: बैंकको मनपरी ‘अति’ भएपछि बैंकलाई नै बहिस्कार गर्ने योजना बनाए स्थानीयबासीले । त्यसपछी स्थानीयले उक्त बैंकसँग कुनै पनि कारोबार नगर्न भन्दै अरुलाई पनि अनुरोध गरेका छन् । विशेषगरी गाउँपालिका रहेका केहि पढेका, अलि बुझ्ने स्थानीयबासीहरुले सानिमा बैंक बहिष्कार गरेका हुन् ।
स्थानीय भन्छन्, ‘यस्ता हेपाहा बैंक काठमाडौँ फर्के हुन्छ’
‘यस्तो हेपाहा बैंक काठमाडौँ फर्केकै जाती हुन्छ । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई पनि छैन ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने, ‘अहिले विशेषगरी बैंकले एमाले र माओवादी निकटका नेताहरुलाई बोलाएर कुरा मिलाइदिनुपर्यो भनीरहेका छन् । तर गाउँका स्थानीयले सानिमा बैंक बहिष्कार गरेका छन् ।’ उनका अनुसार गाउँमा विभिन्न नेताहरुले सानिमा बैंकसँग कारोबार नगर्न उर्दी नै जारी गरिसकेका छन् । ‘सानिमा बैंक फर्किए हुन्छ । यो ठाउँमा अर्को बैंक आउँछ । तर मनपरी र पेलान सहने कुरा हुँदैन ।’ नेपाली कांग्रेस निकट एक नेताले भने, ‘हामीले विद्यालय भवनमा कार्यालय राख्ने बैंकसँग कारोबार नगर्न भनी आफ्ना नजिकका साथीभाइहरुलाई अनुरोध गरेका छौं । आफ्नो नाक जोगाउन सानिमा बैंकले स्थानीय केहि नेताहरुलाई हातमा लिएर बैंकमा केहीलाई कारोबार गर्न लगाएका छन् । तर अधिकांसले सानिमा बैंकलाई बहिस्कार गरिसकेका छन् । नाममात्र सानिमा बैंक, काम त सौतेनी आमाको बैंकजस्तै रहेछ । ‘
बसीटिक्नु नभएपछी ‘हेड-अफिस’मा चर्चा, ‘बिरोध धेरै भयो, फर्कौं बरु’
यता आफुले पहिला मनपरी गरेको नतिजा सानिमा बैंकले आफैं भोग्ने भएको छ । विद्यार्थीलाई टहरामा पठाएर विद्यालय भवनमा कार्यालय राख्न नपाएपछी अहिले सानिमा बैंकले  बरु उक्त ठाउँबाट फर्कंदा राम्रो हुने भन्दै आन्तरिक बहस गर्न थालेका छन् । यतिसम्म कि बैंकका केहि जिम्मेवार व्यक्तिहरुले ‘हामी अव फर्कन्छौं’ भन्दै मिडियामासमेत भन्न थालीसकेका छन् । त्यहाँ बैंक रहेपनि अव आफुले भने अनुसार काम गर्न नपाइने भएपछि बैंकभित्र यस्तो बहस चलेको हो । केहि स्थानीय नेतालाइ हातमा लिएर मनपरी गर्न खोजेको सानिमा बैंकले अव आफ्नो मनपरी नचल्ने भएपछी गाउँबाट फर्कनेबारे बहस सुरु गरेको हो । यसलाई बैंकले ‘राजनीति’सँग जोडेर आफु पन्छिने बाटोपनि गरेको छ ।
सानीमा बैंकसम्बन्धि यी समाचार छुटे कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: